काठमाडौँ: आइतबार विश्व बैंक र एसियाली विकास बैंकबाट प्राप्त हुने २७ अर्ब ६० करोड रुपैयाँ ऋण स्वीकृत गरेको सरकारले मंगलबार थप ऋण स्वीकृत गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकबाट विनियोजन हुने ८५ मिलियन अमेरिकी डलर (नेपाली करिब रु १२ अर्ब ६३ करोड ९६ लाख रुपैयाँ) ऋण स्वीकृत गर्ने निर्णय गरेको हो।
आइतबार सरकारले डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्ट’का लागि एडीबीबाट प्राप्त ४० मिलियन र विश्व बैंकबाट प्राप्त ५० मिलियन डर गरी ९० मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी प्रचारप्रसारका क्रममा विदेशी ऋण नलिने बताएका कारण आइतबार ऋण लिएपछि सामाजिक सञ्जालदेखि विपक्षी दलका नेताहरूले रास्वपाको आलोचना गरिरहेका छन्।
विश्व बैंक र एडीबीबाट प्राप्त साढे २७ अर्ब ऋण सरकारद्वारा स्वीकृत


