२०८३ साउन १३ गते बुधबार

‘मैले नेतृत्व सम्हाल्दा अर्थतन्त्र चुनौतीपूर्ण थियो, अहिले लगानी र सम्मानको वातावरण बनेको छ’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २५
662205503_1965129121060565_280376495700644831_n

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले तीन वर्षअघिको आर्थिक निराशालाई चिर्दै निजी क्षेत्रको मनोबल उच्च बनाउन सफल भएको बताएका छन्।

पत्रकारहरूसँगको अन्तक्रियामा उनले उच्च ब्याजदर र तरलता अभावको जटिल परिस्थितिमा नेतृत्व सम्हालेको स्मरण गर्दै अहिले सरकारले निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति स्वीकृत गरी व्यवसायीको सुरक्षा र सम्मानको ग्यारेन्टी गरेको उल्लेख गरे।

नेमहासंघले निजी क्षेत्रलाई केवल दबाब समूहको रूपमा मात्र नभई राष्ट्रिय विकासको सहयात्रीका रूपमा स्थापित गरेको उनको भनाइ छ।ढकालले १० अर्बको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ को स्थापना, विधान संशोधनमार्फत समावेशी नेतृत्व र डेडिकेटेड फिडर विवाद समाधानमा महासंघले खेलेको भूमिकालाई आफ्नो कार्यकालको मुख्य कडीका रूपमा प्रस्तुत गरे।

यस्तैआफ्नो तीन वर्षे कार्यकालमा मुलुकको अर्थतन्त्रलाई संकटबाट जोगाउन र नीतिगत सुधारमार्फत लगानीमैत्री वातावरण निर्माण गर्न उल्लेख्य सफलता हासिल भएको दाबी उनले गरे। निजी क्षेत्रलाई ‘शान्ति क्षेत्र’ घोषणा गराउनदेखि लिएर ३० भन्दा बढी ऐन कानुनको सुधारका लागि मार्गप्रशस्त गर्नेसम्मका काम आफ्नो कार्यकालको उपलब्धि रहेको उनको भनाइ थियो।

पत्रकार तथा सञ्चारकर्मीहरुलाई धन्यवाद ज्ञापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको मन्तव्य

नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणालाई स्वीकार गरी यहाँ उपस्थित हुनुभएको सम्पूर्ण पत्रकार मित्रहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै न्यानो स्वागत गर्न चाहन्छु।

पत्रकार मित्रहरूसँग प्रत्यक्ष भेटघाट र विचार आदान–प्रदान गर्ने हाम्रो परम्परा रहँदै आएको छ।

यो कार्यक्रम केवल धन्यवाद ज्ञापन मात्र नभई निजी क्षेत्र र सञ्चार क्षेत्र बिच राष्ट्रको आर्थिक विकासबारे साझा दृष्टिकोण निर्माण गर्ने महत्वपूर्ण अवसर हो भन्ने विश्वास लिएको छु।

आदरणीय पत्रकार मित्रहरू,
मैले महासंघको नेतृत्व सम्हाल्दा देशको अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण अवस्थामा थियो। कोभिड–१९ महामारीको असर, अन्तर्राष्ट्रिय द्वन्द्वको प्रभाव, उच्च ब्याजदर, तरलता अभाव, लगानीमा निराशा र बारम्बारको सरकार परिवर्तनका कारण नीतिगत अन्योलले समग्र अर्थतन्त्रलाई कमजोर बनाएको थियो।

त्यस्तो जटिल अवस्थामा हाम्रो पहिलो प्राथमिकता निजी क्षेत्रको मनोबल जोगाउनु, आर्थिक गतिविधिलाई पुनः चलायमान बनाउनु र लगानीमैत्री वातावरण निर्माण गर्नु थियो।

मैले पदभार ग्रहण गर्दै गर्दा ५ वटा मुख्य प्राथमिकता अघि सारेको थिए।

पहिलो तत्कालिन अवस्थामा रहेको आर्थिक संकट समाधानका लागि पहल गर्ने,
दोस्रो स्वदेशी एवं विदेशी लगानीको वातावरण बनाउने,
तेस्रो राज्य र निजी क्षेत्र बीचको सार्वजनिक निजी साझेदारी सुदृढ गर्ने,
चौथो दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने
र पाँचौमा व्यवसायीहरूको मनोबल उच्च बनाउन व्यवसाय तथा व्यवसायीको सम्मान र सुरक्षाका विषय रहेका थिए।

तीन वर्षको अवधिमा मैले अघि सारेका सबै विषयमा उल्लेखनीय कामहरू गर्न हामी सफल भएका छौं।

सबैभन्दा पहिलो, नीतिगत सुधार र हस्तक्षेपमा महासंघले नयाँ उचाइ हासिल गरेको छ। परम्परागत रूपमा माग राख्ने भूमिकाबाट अघि बढ्दै नीति निर्माण प्रक्रियामै सक्रिय सहभागिता जनाएका छौं।

राष्ट्रिय आर्थिक बहसको आयोजना गर्दै सरकार, राजनीतिक दल, नियामक निकाय र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याउने काम गरियो। यसकै परिणामस्वरूप उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भयो, जसले ३० भन्दा बढी कानुन सुधारका सिफारिस गर्दै लगानी वातावरण सुधारका लागि महत्वपूर्ण आधार तयार गरेको छ।

निजी क्षेत्रका उद्योग, व्यापार, व्यवसाय तथा कलकारखानाहरुलाई समेत शान्ति क्षेत्रको रुपमा घोषणा गरिएको छ। हालै निर्वाचनपछि बनेको करिब दुईतिहाई बहुमतको सरकारको पहिलो क्याबिनेट बैठकले हाम्रो प्रस्ताव अनुसार निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीति स्वीकृत गरी निजी क्षेत्र, लगानी र व्यवसायको सुरक्षा र सम्मानको ग्यारेण्टी गरेको छ।

त्यसैगरी, महासंघकै पहलमा दुई पक्षीय लगानी सम्झौता (बीआईए) मस्यौदा तयार भई परराष्ट्र मन्त्रालयमार्फत नेपाली दुतावासहरुले विभिन्न मुलुकहरुसँग सम्झौताका लागि अघि बढाएको अवस्था छ।

यसले लगानीको वातावरण थप सुदृढ बनाउँदै मुलुकको आर्थिक विकास र सम्मृद्धिमा निजी क्षेत्रको भूमिकालाई थप विस्तार र व्यापक बनाउने हाम्रो विश्वास छ।

राज्य–निजी क्षेत्र सम्बन्धलाई सहकार्यमा रूपान्तरण गर्ने काम हाम्रो कार्यकालको दोस्रो महत्वपूर्ण उपलब्धि हो।

हामीले राज्य र निजी क्षेत्रबिच रहने टकरावको संस्कृतिबाट बाहिर निस्कँदै सहकार्य र साझेदारीमा आधारित सम्बन्ध निर्माण गरेका छौं। निजी क्षेत्रलाई अख्तियारको नियमनको दायरामा ल्याउने प्रस्तावलाई परिमार्जन गराउँदै लगानीमैत्री वातावरण जोगाउन सफल भएका छौं। यसले निजी क्षेत्रप्रति राज्यको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको छ।

सरकार, नेपाल विद्युत प्राधिकरण र उद्योगी व्यवसायीहरुबिचको लामो समयदेखिको डेडिकेटेड फिडर तथा ट्रङकलाइन महशुल विवादलाई मध्यस्थता गर्दै दिगो समाधानका लागि प्रयास गरिएको छ।

तेस्रो, आन्तरिक तथा बाह्य लगानी प्रवद्र्धनमा ठोस पहल गरिएको छ।

देशभित्र सानो–सानो पुँजीलाई एकीकृत गर्दै १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरिएको छ, जसले पूर्वाधार, उत्पादनमूलक उद्योग र स्टार्टअप क्षेत्रमा लगानी गर्ने नयाँ ढाँचा प्रस्तुत गरेको छ।

साथै, अन्तर्राष्ट्रिय स्तरमा लगानी फोरम र द्विपक्षीय संवादमार्फत नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्ने प्रयास पनि गरिएको छ।

यस बिच भारत, चीन, संयुक्त अरब इमिरेटस्, कतार, बेलायतलगायत थुप्रै मुलुकमा महासंघले द्विपक्षीय लगानी सम्मेलन तथा संवादका कार्यक्रमहरु आयोजना गरेर नेपालमा रहेका सम्भावनाका क्षेत्रहरु उजागर गर्ने र प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पहल गर्ने काम गरेको छ।
चौथो, संस्थागत रूपान्तरण र सुशासनमा महत्वपूर्ण कदम चालिएको छ।

लामो समयदेखि विवाद र वहशको विषय बन्ने गरेको महासंघको विधान सर्वसम्मत रुपमा संशोधन गर्दै नेतृत्व चयन प्रक्रियालाई थप समावेशी, पारदर्शी, प्रतिस्पर्धी र उत्तरदायी बनाइएको छ। अध्यक्षको प्रत्यक्ष निर्वाचन सँगै महिला सहभागिता वृद्धि, जिल्ला–नगरको प्रतिनिधित्व सुदृढीकरण लगायतका सकारात्मक परिवर्तनहरू गरिएका छन्।

त्यसैगरी, निजी क्षेत्रलाई विकास साझेदारको रूपमा स्थापित गर्ने आधार तयार गरिएको छ।

निजी क्षेत्रलाई केवल दबाब समूह होइन, राष्ट्रको आर्थिक विकासको सहयात्रीका रूपमा स्थापित गर्न हामी सफल भएका छौं।

पहिलो पटक मुलुकमा निजी क्षेत्रको योगदान बारेमा अनुसन्धान गरी “निजी क्षेत्रको अवस्था”बारे रिपोर्ट प्रकाशित गरेका छौँ। यसले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका बारे तथ्यगत विवरण प्रस्तुत गरेको छ। जसले हामीलाई सरकार तथा अन्य निकायसँग तर्क, बहश र पैरवी गर्न थप सबल बनाएको छ।

आदरणीय पत्रकार मित्रहरू,
यी सबै प्रयासहरूलाई आम जनमानससम्म पुर्‍याउने, नीतिगत बहसलाई सशक्त बनाउने र सरकार, निजी क्षेत्र तथा नागरिकबीच सेतुको भूमिका निर्वाह गर्ने कार्यमा यहाँहरूको योगदान अतुलनीय छ।

विशेषगरी आर्थिक पत्रकारहरूले तथ्यमा आधारित विश्लेषण, रचनात्मक आलोचना र दूरदर्शी सुझावमार्फत नीतिगत सुधारलाई मार्गदर्शन गर्नुभएको छ। यहाँहरूको लेखनीले हामीलाई अझ जिम्मेवार, पारदर्शी र परिणाममुखी बन्न प्रेरित गरेको छ।

पत्रकारिता केवल सूचना प्रवाह गर्ने माध्यम मात्र नभई समाजको ऐना र नीति निर्माणको मार्गदर्शक शक्ति हो। त्यसैले हामी तपाईंहरूको भूमिकालाई उच्च सम्मानका साथ लिन्छौं।

हामी चाहन्छौं कि महासंघ र सञ्चार क्षेत्रबीचको यो सहकार्य अझ सुदृढ हुँदै जाओस्। नियमित संवाद, सहकार्य र पारदर्शितामार्फत देशको अर्थतन्त्रलाई गतिशील बनाउने हाम्रो साझा लक्ष्य हो।

अन्त्यमा, मेरो यस तीनवर्षे कार्यकाल परिणाममुखी बनाउन यहाँहरुको तर्फबाट पाएको साथ, सहयोग र समर्थनकालागि यहाँहरु सबैजना प्रति म हृदयदेखि कृतज्ञ छु।

यी साथ र सहयोगका क्षणहरु मैले सधै सम्झिरहनेछु।

नेपाल उद्योग वाणिज्य महासंघ सधैं पत्रकार मित्रहरूसँग सहकार्य गर्न प्रतिबद्ध रहनेछ। हाम्रा साझा प्रयासहरूले नेपाललाई समृद्ध बनाउनेछ भन्ने कुरामा मेरो दृढ विश्वास छ।
धन्यवाद।

प्रकाशित: २०८२ चैत २५ गते बुधबार ०६:२०
प्रतिक्रिया

थप समाचार

तोलामा ४३ सयले सस्तियो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँः आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४ हजार ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार...

रश्मी मृत्यु प्रकरणः निष्पक्ष छानबिन गर्न कर्मचारी संघको माग

काठमाडौँः नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले सानिमा क्यापिटलका कम्प्लायन्स अफिसर रश्मी रिजालको मृत्यु प्रकरणको निष्पक्ष, स्वतन्त्र र वैज्ञानिक छानबिन गर्न सरकारसँग माग गरेको छ। संघले...

ई–कमर्समा नयाँ अभ्यासः उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

काठमाडौँ: नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ आगामी साउन १३ गते हुने भएको छ। नेपाली उपभोक्ताले कारखानाबाट आफ्नो घरसम्म पुग्ने क्रममा हुने अनावश्यक...

नबिल बैंकका ग्राहकले ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट पाउने

काठमाडौँ: नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वास्थ्य सेवामा सहुलियत दिने उद्देश्यले काठमाडौंको पुतलीसडकस्थित ओरल एन्ड डेन्टल क्लिनिक प्रालिसँग विशेष साझेदारी गरेको छ। सम्झौताअनुसार...

सानिमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा २.८३ अर्ब

काठमाडौँः सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना