२०८३ कार्तिक ११ गते मङ्गलबार

विराट गोल्डकप चैत २८ देखि, करोड बढी खर्च अनुमान गरिएको प्रतियोगताको यस्तो छ तयारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २६
birat_gold

विराटनगर: पूर्वको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘विराट गोल्डकप’को ३८औँ संस्करण आगामी चैत २८ गतेदेखि सुरु हुने भएको छ। विराटनगरको सहिद रंगशालामा आयोजना हुने यो प्रतियोगिता २०८३ वैशाख ५ गतेसम्म चल्नेछ।

आयोजक विराट गोल्डकप फुटबल ट्रष्टले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी र सहभागी टोलीबारे जानकारी दिएको हो। यस पटकको गोल्डकपमा नेपालका ७ र भारतको १ गरी कुल ८ वटा व्यवसायिक फुटबल क्लबहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

विगतमा झैँ यस वर्ष पनि खेलहरू फ्लड लाइटको माध्यमबाट साँझ ६ बजेदेखि सञ्चालन गरिनेछ। दर्शकको उत्साहलाई मध्यनजर गर्दै आयोजकले दिवा–रात्रीकालीन खेललाई निरन्तरता दिएको हो। प्रतियोगिताको विजेताले आकर्षक ११ लाख रुपैयाँ नगद र शिल्ड प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँमा चित्त बुझाउनुपर्नेछ।

यस पटक काठमाडौँका स्थापित क्लबहरू नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, मच्छिन्द्र र चर्च ब्वाइज युनाइटेड मैदानमा उत्रिनेछन्। मोफसलबाट झापा–११ र स्थानीय टोलीका रूपमा सम्राट फुटबल क्लब विराटनगरले सहभागिता जनाउनेछन्। यस्तै, अन्तर्राष्ट्रिय टोलीको रूपमा भारतको झारखण्डस्थित ‘अल झारखण्ड विर्शामुण्डा फुटबल एकेडेमी’ले पनि प्रतिस्पर्धा गर्ने ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए।

विगतका संस्करणहरूमा आयोजक ट्रष्ट आफैले टिम बनाएर उतार्ने गरेकोमा यस पटक भने व्यावसायिकतालाई जोड दिइएको छ। पहिलोपटक जिल्ला लिग विजेता ‘सम्राट फुटबल क्लब’लाई स्थानीय टोलीको रूपमा खेल्ने अवसर दिइएको छ। अध्यक्ष शाहीका अनुसार, फुटबलमा सक्रिय र व्यावसायिक क्लबलाई प्रोत्साहन गर्न यो निर्णय लिइएको हो।

प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यस पटक नोबेल मेडिकल कलेज प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ, जसले ११ लाख रुपैयाँ सहयोग गरेको छ। यस्तै, ट्रष्टी एवं नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रतियोगितामा आर्थिक घाटा भएमा त्यसको निश्चित प्रतिशत आफूले बेहोर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतियोगिताका लागि मैदान र फ्लड लाइट मर्मतको काम भइरहेको छ। यद्यपि, रंगशालाको जेनेरेटर बिग्रिएका कारण केही प्राविधिक चुनौती देखिएको छ। कोशी प्रदेश खेलकुद विकास बोर्ड मातहत रहेको फ्लड लाइट प्रयोग गरेबापत आयोजकले दैनिक ५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। रंगशाला क्षेत्रमा प्रचारप्रसार र होर्डिङ बोर्ड व्यवस्थापनको कामलाई पनि तीव्र पारिएको ट्रष्टका महासचिव विनेश बस्नेतले बताए।

प्रकाशित: २०८२ चैत २६ गते बिहिबार ११:१४
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना