२०८३ कार्तिक १४ गते शुक्रबार

बजारमा केराको भाउ ४० प्रतिशत बढ्यो, दर्जनको पुग्यो ३०० रुपैयाँ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २९
banana

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितीको दैनिक मूल्यसुचिअनुसार पछिल्लो एक वर्षमा केराको मूल्य प्रतिदर्जन ४० प्रतिशतसम्म बढेको पाइएको छ। गतवर्षको चैत २८ मा एक दर्जन केराको औषत थोक मूल्य १५० रुपैयाँ रहेकोमा यो मूल्य बढेर आजको दिन २१० रुपैयाँ पुगेको छ।

नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अम्मर बानियाँले सरकारको अदूरदर्शी निर्णय र अव्यवहारिक प्रतिबन्धका कारण केरा बजारमा गम्भीर संकट उत्पन्न भएको बताएका छन्। स्वदेशी उत्पादन सकिएको बेला ‘टीआर–४’ रोगको बहाना बनाएर भारतीय केरा आयातमा रोक लगाउँदा उपभोक्ता, व्यवसायी र राज्यको अर्थतन्त्रमा समेत नकारात्मक असर परेको उनको दाबी छ।

अध्यक्ष बानियाँका अनुसार मंसिरपछि नेपालमा केराको उत्पादन न्यून छ। यस्तो अवस्थामा आपूर्ति सहज बनाउन व्यवसायीहरूले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्र र प्लान्ट क्वारेन्टाइन प्रमुख भोजाराज सापकोटालाई बारम्बार ताकेता गरे पनि सुनुवाइ नभएको उनले बताए।

‘हिजो वैधानिक बाटोबाट आउँदा खुद्रा मूल्य प्रतिदर्जन १०० देखि १५० रुपैयाँमा पाइने केराको मूल्य अहिले खुद्रा बजारमा २५० देखि ३०० रुपैयाँ पुगेको छ,’ बानियाँले भने, ‘अवैध रूपमा सेटिङ गरेर केरा भित्र्याउँदा बीचमा हुने अनावश्यक खर्चले गर्दा उपभोक्ताहरु चर्को मूल्य तिर्न बाध्य भएका हुन्।’

खुल्ला सिमानाको फाइदा उठाउँदै गैर–व्यवसायीहरूले अवैध रूपमा केरा भित्र्याइरहेका कारण राज्यले दैनिक ५० लाख रुपैयाँभन्दा बढी राजस्व गुमाइरहेको बानियाँले बताए।

वैधानिक आयात रोकिँदा सीमामा हुने विषादी चेकजाँच र क्वारेन्टाइन परीक्षणसमेत नभएकाले उपभोक्ताको स्वास्थ्यमा झन् ठूलो जोखिम बढेको उनको तर्क छ। बानियाँले प्रश्न गरे, ‘भन्सार नाकाबाट आउँदा चेकजाँच हुन्थ्यो, अहिले अवैध रूपमा आउँदा झन् रोग भित्रिने र विषादीयुक्त केरा खानुपर्ने अवस्था आएको छैन र?’

व्यवसायीहरूले स्वदेशी किसानलाई साथ दिँदै आए पनि उत्पादननै नभएको बेला आयात रोक्नु गलत भएको उनले बताए। हाल संघले अवैध केरा भित्रिन रोक लगाएको कारण आगामी दुई–तीन दिनमा बजारमा केराको चरम अभाव हुने र महँगो मूल्य तिर्दा पनि केरा पाउन मुस्किल हुने उनले चेतावनी दिए। सरकारले समयमै सहि निर्णय नगर्दा आज आम उपभोक्ता र व्यवसायी दुवै मारमा परेको उनको ठम्याइ छ।
अध्यक्ष बानियाँले सरकारी अधिकारीहरू र मन्त्रीहरू यथार्थ धरातलभन्दा बाहिर बसेर निर्णय गरिरहेको आरोप लगाएका छन्। ‘नेपाली उत्पादनले बजार धानिरहेको र मूल्य सस्तो रहेको भ्रममा सरकार छ, तर वास्तविकतामा नेपाली उत्पादनले मात्रै बजारको माग धान्न सक्ने अवस्था छैन,’ उनले भने।

राजस्वमा दैनिक ५० लाखको नोक्सानी

अध्यक्ष बानियाँका अनुसार, केरा आयात ठप्प हुँदा राज्यले दैनिक करिब ५० लाख रुपैयाँ बराबरको राजस्व गुमाइरहेको छ। वार्षिक २८ करोड रुपैयाँ भन्दा बढी राजस्व बुझाउने फलफूल व्यवसाय क्षेत्र अहिले धराशायी बनेको छ। एकातिर राज्यको ढुकुटीमा आउने राजस्व घटेको छ भने अर्कोतिर उपभोक्ताले तेब्बर मूल्य तिर्नुपर्दा दैनिक करोडौँ रुपैयाँ अतिरिक्त आर्थिक भार खेप्नुपरेको छ।

‘५० लाख राजस्व गुम्नु भनेको उपभोक्ताको गोजीबाट १ करोडभन्दा बढी पैसा अनावश्यक रूपमा बाहिरिनु हो,‘ बानियाँले तथ्यांक प्रस्तुत गर्दै भने, ‘स्वदेशी उत्पादन नभएको बेला काठमाडौँ उपत्यकामा मात्रै दैनिक २० गाडी (करिब २०० टन) केरा खपत हुन्छ। यो अभावले बजारमा ठूलो असन्तुलन ल्याएको छ।’

केरालाई फलफूल पसलको ‘गहना’ मानिन्छ। केरा नहुँदा साना खुद्रा व्यापारीहरूको व्यापार नै चौपट भएको छ। बानियाँ भन्छन,‘निम्नवर्गीय नागरिकले पूजाआजादेखि बालबालिकालाई खुवाउनका लागि प्रयोग गर्ने सबैभन्दा सुलभ फल नै केरा हो। अहिले यसको मूल्य ३०० रुपैयाँ पुर्याएर सरकारले सर्वसाधारणलाई के खुवाउन खोजेको हो? के अब बच्चाहरूलाई फलफूलको साटो जंकफूड खुवाउन बाध्य पारिएको हो?’

व्यवसायीको मागः समझदारी र वैज्ञानिक नीति

नेपाल फलफूल तथा तरकारी महासंघले स्वदेशी किसानको उत्पादनलाई प्राथमिकता दिनुपर्ने कुरामा दुई मत नरहेको स्पष्ट पारेको छ। तर, जब स्वदेशी उत्पादनले बजारको माग धान्दैन, तब आयात खोल्नुको विकल्प नरहेको उनीहरूको तर्क छ।

‘हामी व्यवसायी हौँ, हामीलाई स्वदेशी उत्पादन पर्याप्त भए अन्त जानु पर्ने आवश्यकता नै छैन। तर, भौगोलिक वातावरण र सिजनका कारण नेपालमा सधैँ उत्पादन पुग्दैन,’ बानियाँले भने, ‘त्यसैले किसान, व्यवसायी र सरकार बसेर एउटा समझदारी गरौँ। उत्पादन भएको बेला बाह्य आयात बन्द गरौँ, तर उत्पादन नभएको बेला उपभोक्तालाई मारमा नपारौँ।’

कृषि मन्त्रीसँग भेट्न १० दिनदेखि प्रयास

यति ठूलो राष्ट्रिय समस्या हुँदा पनि व्यवसायीहरूलाई भेट्न समय नदिएकोमा बानियाँले आक्रोश व्यक्त गरेका छन्। महासंघले विगत १० दिनदेखि निरन्तर कृषि मन्त्रीसँग भेटका लागि समय मागिरहेको भए पनि अझैसम्म वार्ताको अवसर नपाइएको उनले बताए।

अध्यक्ष बानियाँले सरकारलाई चेतावनी दिँदै भने, ‘यदि यो जनताको सरकार हो भने व्यवसायीका कुरा पनि सुन्नुपर्छ। सबै व्यवसायी चोर वा फटाहा हुँदैनन् राज्यलाई कर तिरेर बसेका इमानदार व्यवसायीको पनि योगदान छ।

हिजोको सरकारले जस्तै व्यवहार आजको सरकारले पनि गर्ने हो भने के फरक भयो र?’ उनले तत्काल वार्तामार्फत समस्याको समाधान खोज्न र बजारमा देखिएको केराको कृत्रिम अभाव र चर्को मूल्य वृद्धि नियन्त्रण गर्न सरकारसँग जोडदार माग गरेका छन्।

प्रकाशित: २०८२ चैत २९ गते आईतबार ११:०१
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना