२०८३ कार्तिक २३ गते आईतबार

५६ करोडमा चितवनमा ‘एसवाई यूपीभीसी’ उद्योग आउँदै, ६ महिनामा सञ्चालनमा आउने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख १
sy_panal

काठमाडौं। नयाँ वर्ष २०८२ को अन्तिम दिन नै मुलुकमा नयाँ उद्योगको शिलान्यास भएको छ। कोरियन एसवाई कम्पनी लिमिटेडको सहायक संस्था एसवाई प्यानल नेपालले चितवनको रत्ननगर नगरपालिका–१४ पिठुवामा नयाँ ‘एसवाई यूपीभीसी’ उद्योगको शिलान्यास गरेको छ। सोमबार एक कार्यक्रमकाबीच रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) होङ सङ–बुले संयुक्त रूपमा उद्योगको शिलान्यास गरेका हुन्।

केही समय अघिमात्रै एसवाई प्यानल नेपालले आईपीओ जारी गरेको थियो। सोही आईपीओबाट उठेको पैसा सदुपयोग गर्दै कम्पनीले उक्त यूपीभीसी उद्योग खोल्ने योजना अनुरूप काम अगाडि बढाएको हो। कम्पनीका अनुसार उद्योगको अनुमानित लागत ५६ करोड रुपैयाँ रहेको छ।

अन्तर्राष्ट्रिय गुणस्तरमा ध्यान दिँदै उत्पादन यहाँबाट यूपीभीसीका प्रडक्ट उत्पादन गरिने भएकाले नेपाली उत्पादित सामग्री विदेशी बजारमा प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउन सकिने कम्पनीको दाबी छ। ६ महिना भित्र उद्योगको भौतिक संरचनाको काम सकेर उत्पादन गर्ने सुरु गर्ने लक्ष्य राखेको यस कम्पनीले स्वदेशमै गुणस्तरीय सामग्री उपलब्ध हुँदा आयातमा निर्भरता घट्ने पनि विश्वास राखेको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै मेयर सापकोटाले आफ्नो नगरपालिका क्षेत्रभित्र नयाँ उद्योग खोल्दा स्थानीय तहको तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे। उद्योग सञ्चालनमा आएपछि स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै निर्माण सामग्री उत्पादनले आत्मनिर्भरता बढ्ने पनि सापकोटाले बताए।

‘नगरपालिका क्षेत्रभित्र उद्योग स्थापनामा गर्न चाहने लगानीकर्तालाई के–के सहयोग आवश्यक पर्छ, त्यसमा सहजीकरण स्थानीय तहले गर्छ, तर, रोजगारीमा पहिलो प्राथमिकता स्थानीयलाई हुनुपर्छ, प्रत्यक्ष विदेशी लगानी रहेको एसवाईले एक चरणको सफलता पार गरिसकेको छ, आगामी दिनमा अझ सशक्त भएर ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने विश्वास छ,’ उनले भने।

यूपीभीसी उद्योग स्थापना भएपछि चितवनसहित आसपासका जिल्लामा औद्योगिक विकासले थप गति लिने अपेक्षा मेयर सापकोटाले गरे। यस्तै, उक्त उद्योग सञ्चालनमा आइसकेपछि सकेपछि नेपालमै अत्याधुनिक प्रविधिबाट गुणस्तरीय यूपीभीसी ढोका, झ्यालका प्रोफाइल तथा अन्य निर्माण सामग्री उत्पादन हुने बताइएको छ। परम्परागत काठ तथा फलामका सामग्रीको विकल्पका रूपमा यूपीभीसी उत्पादनहरू टिकाउ, हल्का र वातावरणमैत्री मानिने र नेपालमा बजारमा यसको अवस्थालाई मूल्याङक गर्दै कम्पनीले यो उद्योग निर्माण गरेको हो।

यूपीभीसी टिकाउ, पानी निरोधक, किफायती तथा वातावरणमैत्री भएकाले यही उत्पादित सामग्रीको प्रयोग बढ्ने अपेक्षा कम्पनीले राखेको छ। सोही क्रममा कम्पनीका सीईओ होङ सङ–बु ले चितवनमा स्थापना हुने यूपीभीसी प्रोफाइल कारखाना कोरियाको अत्याधुनिक प्रविधि र नेपालको गतिशील जनशक्तिको संगमबाट जन्मिएको आशाको केन्द्र हुने बताए।

शिलान्यास समारोहले कोरिया र नेपालबीचको आर्थिक सहयोगलाई अझ मजबुत बनाउने र चितवन क्षेत्रको विकासका लागि उत्प्रेरकको काम गर्ने पनि सीईओ सङ–बुको भनाई छ। ‘नेपालमा राजनीति स्थिरताको हुँदैछ र आर्थिक विकासका ढोकाहरू खुल्दै छन्, यस अवसरको लहरमा एसवाईले नेपाल सरकारसँग सहकार्य गर्दै रोजगारी सिर्जना गर्न र उन्नत प्रविधि हस्तान्तरण गर्न नेतृत्वदायी भूमिका खेल्नेछ,’ उनले भने।

उनले एसवाई निर्माण सामग्रीभन्दा माथि उठेर सौन्दर्य र दैनिक उपभोग्य वस्तुहरू समेत समेट्ने परिवार मैत्री कम्पनी बन्न चाहाने पनि बताए।

‘एसवाई प्यानल नेपालको आईपीओ अंकित मूल्यभन्दा २२ गुणा बढीले शेयर मूल्य बढ्नु भनेको एसवाईप्रतिको विश्वास र नेपालको आर्थिक वृद्धिप्रतिको जनताको चाहना थियो भन्ने मलाई लाग्छ, त्यो विश्वासको कदर गर्दै मैले लिस्टिङबाट प्राप्त सम्पूर्ण रकम पुनः नेपालकै माटोमा लगानी गर्ने निर्णय गरेको हुँ,’ शिलान्यास कार्यक्रममा बोल्दै सीईओ सङ–बु ले भने।

प्रत्यक्ष कोरियन लगानी रहेको एसवाई प्यानल नेपालले रत्ननगरमै प्यानलका प्रडक्ट पनि उत्पादन गर्दै आएको छ। सन् २०१७ बाट प्यानल उत्पादन गरी बिक्री गर्दै आएको यस कम्पनी निर्माण क्षेत्रमा लोकप्रिय बन्दै गएको छ। आगामी दिनमा नेपालमा एसवाईका उद्योग तथा सञ्जाल विस्तार गर्ने पनि योजना बनाइ आफू अगाडि बढ्ने सीईओ सङ–बु प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २०८३ बैशाख १ गते मङ्गलबार ११:३२
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना