काठमाडौं। सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले बिहीबार थुनामुक्त गर्न आदेश दिएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान गर्नका लागि गत चैत १५ गते खड्कालाई पक्राउ गरेको थियो।
उनलाई थुनामुक्त गर्न श्रीमती विनिता थापाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उक्त रिटको सुनुवाइ गर्र्दै सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको हो।
सर्वोच्चले थुनामुक्तको आदेश दिए पनि विदेश जानुअघि अदालतको अनुमति लिनपर्ने पनि आदेशमा उल्लेख छ। खड्काको थुना कानुनसम्मत नभएको ठहर सर्वोच्चले गरेको छ।


