२०८३ कार्तिक ११ गते मङ्गलबार

एमाले र राप्रपा अस्थिरतातर्फ लागे : प्रधानमन्त्री प्रचण्ड

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ६
prachanda

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी अस्थिरतातर्फ गएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनका लागि प्रस्ताव पेस गर्ने क्रममा सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

‘एमाले र राप्रपा अस्थिरता तर्फ जानु चिन्ताजनक विषय हो,’ उनले भने, ‘सरकार बनेको २ महिना नपुग्दै विश्वासको मत फिर्ता लिने निर्णयबारे निर्णयकर्ताले नै जवाफ दिनुपर्छ। सरकारको गलत कामका कारण हामीले समर्थन फिर्ता लियौं भनेर चाहिँ उहाँहरुले अहिलेसम्म भन्नुभएको छैन।’

आफूले विश्वासको मत लिएको दुई महिना पनि नपुग्दै विश्वासको मत लिनुपर्छ भनेर आफूलाई नलागेको तर एमाले र राप्रपाको अस्थिर निर्णयका कारण विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको उनले बताए।

‘स्थायित्वको वाचासहित सरकार बनाएका थियौं। निराशालाई चिर्दै जनतामा आशासमेत जगाएको थियो,’ उनले भने, ‘राष्ट्रपतिमा मैले राष्ट्रिय सहमतिको प्रस्ताव गरेपछि एमाले र राप्रपाले समर्थन फिर्ता लिए। सरकार बनेको २ महिना नपुग्दा विश्वासको मत फिर्ता लिने निर्णयबारे निर्णयकर्ताले नै जवाफ दिनुपर्छ।’

विगतका मतभेद नकोट्याउने निर्णय भएको समेत उनले स्मरण गरे। तर त्यसलाई भने एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई पालना नगरेको उनको भनाइ छ।

‘संसद्को पहिलो बैठकमै संसद् विघटनको विषय प्रवेश भयो। त्यो कुनै गर्वको विषय थिएन। सर्वोच्च अदालतले दुई पटक असंवैधानिक भनेको थियो, संसद् विघटनको खुला पक्षपोषणले संवैधानिक र राजनीतिक चुनौति मलाई दियो। प्रधानमन्त्रीकारुपमा मैले लगभग राष्ट्रिय सहमति पाएँ,’ उनले भने, ‘ मैले राष्ट्रपतिमा राष्ट्रिय समिति खोज्न चाहेँ। समझदारीमै नेपाली कांग्रेसलाई राष्ट्रपति दिऔं भनेर एमालेका अध्यक्षसँग ठोस्रुपमा प्रस्ताव राखेँ। तर, त्यसमा सहमित हुन सकेन। प्रधानमन्त्रीकारुपमा मैले गरेको प्रयासमा कुनै खोट थिएन।’

प्रधानमन्त्रीले पेस गर्ने प्रस्तावमाथि प्रतिनिधि सभाको बैठकमा आजै निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची संसद सचिवालयले तय गरिसकेको छ।

दाहाललाई माओवादी, नेपाली कांग्रेस, नेकपा एस, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति, नेसपा र रास्वपाले विश्वासको मत दिने तयारी गरेका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको १० दलको बैठकले उनलाई विश्वासको मत दिने सहमति जुटाएको थियो। नेकपा एमाले संसदीय दल उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री दाहाललाई पार्टीले विश्वासको मत नदिने बताइसकेका छन्।

प्रकाशित: २०७९ चैत ६ गते सोमबार ०१:३८
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना