काठमाडौँ: खाद्य पदार्थमा नेपालको परनिर्भरता घट्न सकेको देखिन्न। भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालले ६० अर्ब बढीको धान चामल र तरकारी आयात गरेको छ।
विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ३२ अर्ब ५१ करोड रुपैयाँ बराबरको धान चामल आयात भएको देखिन्छ। उक्त धान चामल चीन, भारत, कतार, साउदी अरेबिया, सिङ्गापुर, हङकङ, बेल्जियमलगायतका देशबाट आयात भएको छ।
यस अवधिमा ६३ लाख ८७ हजार मेट्रिक टन धान चामल आयात भएकोमा त्यसबाट २ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
यस्तै यसै अवधिमा २८ अर्ब ५१ करोड रुपैयाँ बराबरको तरकारी आयात भएको तथ्यांकमा देखिन्छ।


