२०८३ कार्तिक २३ गते आईतबार

चिया विकास निगम र यती ब्रुअरीले बुक विल्डिङबाट आईपीओ निष्काशन गर्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ९
ipo (2)

काठमाडौँः पछिल्लो समय बुकबिल्डिङ विधिबाट साधारण सेयर (आईपीओ) जारी गर्ने उत्पादनमूलक उद्योगको संख्या बढ्दै गएको छ। नेपाल चिया विकास निगम लिमिटेड र यती ब्रुअरी लिमिटेडले बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने भएका छन्।

दुवै कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)सँग सम्झौता गरिसकेका छन्। चिया विकास निगमले २०८३ वैशाख ८ गते सम्झौता गर्दै २ लाख ४० हजार कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गर्ने योजना बनाएको छ।

त्यस्तै, यति ब्रुअरीले २०८१ कात्तिक ५ गते नै बुक बिल्डिङमार्फत आईपीओ निष्काशन गर्न नेप्सेसँग सम्झौता गर्दै योग्य संस्थागत लगानीकर्ताका लागि ६ लाख ६० हजार ८ सय कित्ता सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ।

व्यवसायिक घरना विशाल ग्रुप र एभरेष्ट ग्रुपले सञ्चालन गरिरहेको यती ब्रुअरीको बियर व्यापार बढ्दै गएको छ।एक वर्षमा यती ब्रुअरीको बियर व्यापार १७ प्रतिशत बढेर सात अर्ब ८७ करोड ७० लाख रुपैयाँ पुगेको छ। २०२४ मा उद्योगको बियर व्यापार छ अर्ब ७१ करोड ६० लाख रुपैयाँ थियो।

एक वर्षमा यती ब्रुअरीका बियर व्यापार एक अर्ब १६ करोड रुपैयाँ बढेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। चालू वर्षको छ महिनामा यती ब्रुअरीले चार अर्ब २० करोड ४० लाख रुपैयाँबराबरको बियर व्यापार गरेको रेटिङका लागि सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।

यती ब्रुअरीको बियर व्यापारमा चमक, एक वर्षमा पौने आठ अर्बको कारोबार

यती ब्रुअरीले अर्नाका साथै यती, शिखर, बाइबी र किङफिशर बियर उत्पादन गर्दै आएको छ। बिस्तारै नेपालभरि आफ्नो भौगोलिक पहुँच विस्तार गरेको छ भने भारत, जापान, अष्ट्रेलिया र अमेरिकालगायत बजारहरूमा पनि बियर निर्यात गरिरहेको छ।

यति ब्रुअरीले बुक बिल्डिङमा आईपिओ निष्कासन गर्ने

नेपालमा किङफिसर ब्रान्डको उत्पादन र वितरणको लागि युनाइटेड ब्रुअरिज लिमिटेडसँगको यसको सहकार्यले ब्रान्ड बलका साथै पोर्टफोलियो विविधीकरणमा थप योगदान पुर्याएको छ।

यस्तै चिया विकास निगम व्यावसायिक घराना त्रिवेणी ग्रुपले खरिद गरेको हो। निजीकरणको झण्डै साढे दुई दशकपछि त्रिवेणीले आईपीओ निष्काशनको प्रक्रिया अघि बढाएको हो।

सरकार र त्रिवेणीका सञ्चालक पुरुषोत्तमलाल संघाईबीच २०५७ असार १४ मा निगम निजीकरण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। कम्पनी निजीकरण भएको २४ वर्ष बितेको छ। निगम २०३० माघ ११ मा स्थापना भएको हो।

निजीकरण प्रक्रियाअन्तर्गत निगमको ६५ प्रतिशत शेयर २६ करोड ७१ लाख ५ हजार रुपैयाँ कायम गरी प्रतिवर्ष २ करोड ८० लाख १ हजार रुपैयाँ भाडा बुझाउने गरी ५० वर्षका लागि सम्झौता त्रिवेणी ग्रुपसँग सम्झौता भएको छ। निगममा सरकारको ३५ प्रतिशत हिस्सा रहेको छ।

निजीकरणको २४ वर्षपछि आईपीओ ल्याउँदै चिया विकास निगम

निगमको चुक्ता पुँजी २० करोड रुपैयाँ छ। सरकारको सात करोड रुपैयाँ लगानी रहेको छ। निगमको खुदसम्पत्ति ६१ करोड ९२ लाख रुपैयाँ छ। आर्थिक वर्ष २०८०/०८१ सम्मको सञ्चित नाफा ४१ करोड ९२ लाख रुपैयाँ छ।

निगमले विभिन्न सात बगान सञ्चालन गरिरहेको छ। निगमले टोकला ब्राण्डको चिया उत्पादन गर्दै आएको छ।

दुबै कम्पनीका निष्काशनहरू बुक बिल्डिङ निर्देशिका, २०७७ अनुसार शिलबन्दी बोलपत्रमार्फत सञ्चालन हुनेछन्।

यसअघि नर्भिक इन्टरनेशनल, जगदम्बा स्पिनिङ मिल्स, टाइम फार्मास्युटिकल्स, लक्ष्मी स्टील्स र पूर्वाञ्चल ल्युब आयलले पनि नेप्सेसँग बुक बिल्डिङ मार्फत सेयर यस्तै सम्झौता गरिसकेका छन्।

प्रकाशित: २०८३ बैशाख ९ गते बुधबार ०४:१८
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना