२०८३ कार्तिक २२ गते शनिवार

अभिलाषीको ‘दहाड’ मा पञ्चायतकालिन समाजका कथाहरू

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख १३
dahad

काठमाडौँ: कवि, लेखक र पत्रकार नवीन अभिलाषीको कथासङ्ग्रह ‘दहाड’को विमोचन सम्पन्न भएको छ।

शनिबार काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा नेपाली साहित्यका सिद्धहस्त लेखक नारायण ढकाल, समालोचक राजकुमार बानियाँ र समीक्षक एवं निबन्धकार कुमारी लामाले किताबको विमोचन सम्पन्न भएको हो। २०८२ को अन्तिममा सार्वजनिक यो सङ्ग्रह यसअघि नै बजारमा पुगिसकेको छ।

१२ वटा कथा समावेश सङ्ग्रहमा पञ्चायतकालिन असमानता र विभेद भोगेका आम नागरिकका विषयवस्तु समेटिऐको छ। समाजमा विकृति र विसङ्गति, पञ्चायतकालीन समय, समाज र मानवीय संवेदना, सामाजिक संरचना, अन्याय, दमन र जनजीवनको पीडालाई सङ्ग्रहमा गहिरो रूपले समेटिएको छ।

सङ्ग्रहभित्रका हरेक कथाहरूमा गरिवी, पीडा, रोदन र क्रन्दन कतै न कतै कुनै न कुनै रुपमा भेटिन्छन्। अभाव र गरिबीका प्रतिविम्बहरू कथाले समेट्न खोजेका छन्। उनका कथाहरूमा राजनीतिक बेथिति, सामाजिक विसंगति, अभाव र दवाव लगायत शिक्षा र स्वास्थ्यका कुरा समेटिएका छन्।

‘यी कथा वर्तमानका होइनन्, इतिहासका हुन्। इतिहासलाई लेख्नुपर्छ। हामीले इतिहासलाई किन लेख्नुपर्छ भने इतिहासका आवेग र प्रेतहरूले वर्तमानलाई निरुपण गरेका छन्। आज हामी जहाँ छौँ त्यो इतिहासको आवेग र इतिहासको धेरै लगानीहरूद्वारा हामी यहाँ छौँ,’ उनले भने।

यो सङ्ग्रहले लेखक अभिलाषीको उचाई थपेको बताउँदै उनले  यसबाट आफू उत्साही भएको बताए।

यसैगरी समालोचक बानियाँले समाजका पिँधमा रहेका पात्रहरूको कथा लेखक अभिलाषीले भनेको बताए। समाकालिन कथाकारमा विगतको यथार्थलाई वर्तमानको ऐनामा देखाउन कुशल शिल्पी बन्न लेखक सफल भएको उनको भनाइ थियो। ‘नवीन अभिलाषीको लेखन शैलीमा एउटा बिछट्टै रिदम छ, काव्यिक छ, उनी दार्शनिक लामा कुरा गर्दैनन्। तर स–साना घटनाबाट ठूलो सन्देश दिन खोज्छन्,’ उनले भने, ‘अभिलाषीको सबैभन्दा ठूलो शक्ति भनेको उनको भाषा हो। भारी शब्दजाल प्रयोग नगरिकन उनले पाठकको मुटु छुने क्षमता राख्दछन्।’

कथामा भएका संवादहरू झर्रा र स्वभाविक लाग्ने भएकाले कथासँगको सामिप्य अझ बढ्ने उनले बताए।

यस्तै समीक्षक एवं निबन्धकार लामाले अभिलाषीको लेखन समृद्ध र लेखनमा वैचारिक स्पष्टता भएको बताइन्। सङ्ग्रहका १२ वटा कथा नै त्यत्तिकै समान रूपमा सशक्त भएको उनको भनाइ छ। ‘पछिल्लो समय निकै कालमा मैले यति सशक्त कथाहरू मैले पढ्न पाएकी हुँ। म दाबी गरेर भन्छु,’ उनले भनिन्, ‘यत्तिको सशक्त कथाहरू पछिल्लो समय लेखिएका थिएनन्।’

दहाडलाई साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो। अभिलाषीका यसअघिमौलामा बाँधिएको राँगो, ईश्वरको अस्थिपञ्जर कविता सङ्ग्रह प्रकाशित छन्।

प्रकाशित: २०८३ बैशाख १३ गते आईतबार ११:२५
प्रतिक्रिया

थप समाचार

महाकवि देवकोटाको कथा: ‘उनको मने’

खुकुरीले रेट्न थालेको मात्र थियो जुनुले उसको पाखुरा अकस्मात् समातेर रुँदै भनिन्, 'नकाट नि ! नकाट ! ! मेरो मनेलाई ।'

जोशीले ल्याए ‘बैसाखी’

काठमाडौँ: युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो कृति बैसाखी सार्वजनिक भएको छ। शनिबार काठमाडैंमा आयोजित एक समारोहबीच त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. महादेव अवस्थी, साहित्यकार...

गौतमको ‘फर्कनुछ देश’ र बस्नेतको ‘प्रवासी मनका भावनाहरू’ सार्वजनिक

काठमाडौँ: अमेरिकालाई कर्मथलो बनाउँदै आएका कवि गौतम सागरको कवितासंग्रह ‘फर्कनुछ देश’ र गीतकार मणिराज बस्नेतको गीतिसंग्रह ‘प्रवासी मनका भावनाहरू’ सार्वजनिक गरिएको छ। लेखकद्धयले शनिबार कोलोराडोस्थित...

‘बिसे नगर्चीको बयान’ प्रकाशनको १६ वर्षपछि मुकारुङको नयाँ कविता सङ्ग्रह बजारमा

काठमाडौँ: काव्यशिखर श्रवण मुकारुङको नयाँ कविता सङ्ग्रह 'आवाज नआइपुग्ने मेघको उज्यालो' सार्वजनिक भएको छ। 'बीसे नगर्चीको बयान' कविता सङ्ग्रह प्रकाशन भएको १६ वर्षपछि मुकारुङको नयाँ कविता सङ्ग्रह...

मौन आवाजको कविता सङ्ग्रह ‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ सार्वजनिक

काठमाडौँ: समकालीन नेपाली कविता आकाशका सशक्त हस्ताक्षर कवि मौन आवाजको कविता सङ्ग्रह ‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ सार्वजनिक भएको छ। आइतबार चन्द्रागिरि साहित्य समाजको आयोजनामा नेपाल प्रज्ञा–प्रतिष्ठानका...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना