काठमाडौँ: नेपाली भलिबलको महाकुम्भ १० औँ पीएम कपमा कोशी प्रदेश अर्घाखाँचीको खिल्जी युवा क्लबसँग पराजित भएको छ। मंगलबार दिउँसो १ बजे भएको खेलमा खिल्जीले जित निकालेको हो।
१० औँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग गत वैशाख १० गतेदेखि जारी छ। नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कवर्ड हलमा जारी यस प्रतियोगितामा पुरुष तथा महिला गरी कुल १४ टिमको सहभागिता रहने छ। जसमा पुरुष तर्फ ८ र महिला तर्फ ६ टोली सहभागी छन्।
प्रतियोगितामा लुम्बिनी प्रदेशभरिबाट अर्घाखाँचीको खिल्जी युवा क्लबले सहभागिता जनाएको छ। अमित गाहको कप्तानीमा यो टोलीले ३ जना भारतीय खेलाडीहरुलाई समेत समावेश गरेको छ। यस टोलीमा अमित गाह टिम क्याप्टेन, संगम श्रेष्ठ, विकास गिरी, दिपेश कुँवर, सौरभ पुन्जेली, ओम बहादुर थापा क्षेत्री, शेर बहादुर बलामी, सरोज बेलबासे, तुषार खत्री रहेका छन् भने चर्चित भारतीय खेलाडीहरु सुरज चौधरी, रजत चौधरी र शुभम चौधरी समेत रहेका छन्।
खिल्जीले बिहीबार एपीएफसँग र १८ गते बुढानीलकण्ठसँग प्रतिस्पर्धा गर्दैछ।


