काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को प्रदेशतर्फको कार्यकारिणी सदस्यहरूको मतगणना सम्पन्न भएको छ।
महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो नतिजाअनुसार कोशी प्रदेशबाट जीवन पराजुली र रमेश विक विजयी भएका छन्।
मधेश प्रदेशबाट विकास कुमार सारडा र अमरनाथ शाह निर्वाचित भएका छन्। बागमती प्रदेशबाट सविन श्रेष्ठ र प्रकाश मानन्धरले निर्वाचित भएका छन्।
गण्डकी प्रदेशमा प्रविन्द्रकुमार श्रेष्ठ र सुविन श्रेष्ठ, लुम्बिनी प्रदेशबाट यसप्रसाद भट्टराई र बालकृष्ण सुवेदी निर्वाचित भएका छन्।
यस्तै कर्णाली प्रदेशबाट पदमबहादुर शाही र पुरिचन्द्र देवकोटा रहेका छन्। सुदूरपश्चिम प्रदेशबाट पिताम्बर जोशी र पदमराज चौलागाईं विजयी भएका छन्।


