काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वस्तुगत तर्फका कार्यकारणी सदस्यहरूको मतगणना सम्पन्न भएको छ।
विजयी हुनेमा अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रवीन पुरी र राजकुमार कार्की रहेका छन्। अन्य विजयी सदस्यहरुमा लिलेन्द्रप्रसाद प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे रहेका छन्।
चार जना सदस्यको बराबरी ५० ५० मत आएको छ। जसमा निराजन चौलागाईं, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बञ्जाडे रहेका छन्।
गोलाप्रथामार्फत टुंगो लगाउने भएको छ वस्तुगततर्फ १३ जना कार्यकारिणी सदस्य रहन्छ। महासंघको नयाँ कार्यकारणी समितिको निर्वाचन आज मंगलबार भएको हो।


