काठमाडौं। उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि मंगलबार भएको निर्वाचनमा एसोसियटतर्फ कार्यसमिति सदस्य संख्या १७ जनाको मतपरिणाम सार्वजनिक भएको छ।
अन्तिम मत परिणामअनुसार सर्वाधिक मत आइएमई ग्रुपका सञ्चालक सचिन ढकालले ल्याएका छन्। उनले १३ सय १८ मत ल्याएका छन्। यस्तै हेमन्त गोल्छाले १२ सय २ मत ल्याएर दोस्रो भएका छन्।
यस्तै अम्बिकाप्रसाद पौडेलले ११८३ मत ल्याउँदा उज्ज्वलकुमार श्रेष्ठले ११ सय ५६ मत ल्याएर विजयी भएका छन्। ऋषि अग्रवालले ११ सय २२, कृष्णलाल महर्जनले ९७४, ईश्वरबहादुर जिसीले ९४९, दिवस न्यौपानेले ९९१ र बटु लामिछानेले ८६० मत मत ल्याएर विजयी भएको महासंघले जनाएको छ।
यस्तै, बाबुकाजी कार्कीले १००६, राजेशकुमार अग्रवालले १०८२, रामशरण भण्डारीले १०४३ मत ल्याएर विजयी भएका छन्। शक्तिकुमार बेगानीले ११४२ मत, सुयस प्याकुरेलले १०६९, सुशील थापाले १०९४ मत ल्याएका छन्।
निर्वाचन समितिका अनुसार, प्रियराज रेग्मीले ९५४, ईश्वरबहादुर जिसीले ९४९, सुरज उप्रेतीले ९०७ ल्याएर विजयी भए।


