काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउँदा गरेको सहमति तोडेको आरोप लगाएका छन्। प्रधानमन्त्रीले पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव गरेपछि बोलेका पौडेलले यस्तो आरोप लगाएका हुन्।
‘तपाईंलाई त्यस्तो के कारण पर्यो? जुन कारण त्यो सहयात्राबाट आज यो सहयात्रामा फर्किनुभएको छ। तपाईंलाई यही सहयात्रामा जानु थियो भने पुस १० गते त्यो सहमतिमा किन पुग्नुभयो? आज जवाफ नदिन सक्नुहुन्छ,’ उनले थपे, ‘तर, तपाईंलाई इतिहासले निरन्तर प्रश्न सोधिरहन्छ।’
प्रधानमन्त्री बन्न एमाले चाहिए पनि दुई महिना नपुग्दै सहमति तोडेसको उनको आरोप थियो। ‘राष्ट्रपतिज्यूले उलपब्ध गराउनुभएको समयमा सरकार बनाउन नसकेपछि प्रचण्डले एमालेलगायत दलको समर्थन चाहियो। म प्रधानमन्त्री बन्न चहान्छु भन्नेपछि हामीले ससर्त समर्थन दिएका थियौं,’ उनले भने, ‘तर दुई महिना नपुग्दै उहाँले किन त्यो सहमति तोड्नुभयो?


