थ्री नेसन्स कप खेल्नको लागि भुटान र लाओसको राष्ट्रिय फुटबल टिम नेपालमा आइपुगेको छ। प्रधानमन्त्री थ्री नेसन्स कप प्रतियोगिता भोलिबाट काठमाडौंको दशरथ रंगशालामा सुरु हुँदैछ।
प्रतियोगिता सुरुहुने भए पनि नेपालले आफ्नो टिम घोषणा गरिसकेको छैन। यता क्लबहरुले भने धमाधम आफ्नो खेलाडी राष्ट्रिय टिममा बोलाएको जानकारी दिइरहेका छन्। नेपाली टिमका धेरै खेलाडी पछिल्लो समय विदेशीएका कारण राष्ट्रिय टिममा नयाँ खेलाडी आउने पक्का छ।


