२०८३ कार्तिक २१ गते शुक्रबार

वैदेशिक लगानी भित्र्याउन लगानी भिसा दिइने, बाली लगाउनु अघि न्यूनतम समर्थन मूल्य तोकिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २८
ram-chandra-poudel_f8f9cdb9

काठमाडौँ: सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत वैदेशिक लगानी आकर्षित गर्नेदेखि कृषि क्षेत्रलाई सुरक्षित बनाउन  महत्त्वाकांक्षी नीति अघि सारेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वैदेशिक लगानीका लागि स्वचालित मार्ग विस्तार गर्ने र सरकारले तोकेभन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराउने घोषणा गर्नुभएको छ।

वैदेशिक लगानीसँगै मुलुकको औद्योगिक विस्तारका लागि विशेष आर्थिक क्षेत्रको विस्तार, औद्योगिक ग्राम स्थापना र ग्रीन मार्केट भिलेजको अवधारणा अघि सारिएको छ। सूचना प्रविधि पार्कहरूको विकास गर्दै तिनलाई औद्योगिक पर्यटनसँग आबद्ध गर्ने सरकारको लक्ष्य छ। यस्तै, उद्यमशीलतालाई प्रोत्साहन गर्न स्टार्टअप नेपाल पोर्टल मार्फत एकै दिनमा कम्पनी दर्ता, कर छुट र बीउ पुँजी उपलब्ध गराउने व्यवस्था मिलाइने भएको छ।

सूचना प्रविधिलाई आर्थिक रूपान्तरणको मुख्य आधार मान्दै सरकारले यस क्षेत्रका उद्योगहरूलाई वित्तीय सहुलियत, लगानी सहजकीकरण र अनुसन्धान तथा नवप्रवर्तनमा विशेष कर प्रोत्साहन दिने नीति लिएको छ।

कृषि क्षेत्रको आमूल परिवर्तनका लागि सरकारले किसानमैत्री योजनाहरू ल्याएको छ। अब प्रमुख कृषि बाली लगाउनु अघि नै त्यसको न्यूनतम समर्थन मूल्य तोकिने र समर्थन मूल्यको भुक्तानी सिधै किसानको बैंक खातामा हुने गरी डिजिटल प्रणाली लागू गरिने नीति सरकारले लिएको छ। ग्रामीण अर्थतन्त्रको पुनर्जीवनका लागि कृषिलाई यान्त्रीकरण, डिजिटल प्रविधि र एग्रिटेकमार्फत आधुनिकीकरण गरिने नीतिमा उल्लेख छ।

बाँझो जमिनलाई उत्पादनमा ल्याउन सरकारले भूमि बैंक प्रणाली अपनाउने भएको छ। यसका साथै किसान सूचीकरण, परिचयपत्र र क्रेडिट कार्डमार्फत सहुलियतपूर्ण कर्जा र आधुनिक प्रविधिमा किसानहरूको पहुँच सुनिश्चित गरिनेछ। सरकारको यो बहुआयामिक योजनाले वैदेशिक लगानी वृद्धि गर्ने र कृषिमा आत्मनिर्भरता बढाउँदै बेरोजगारी अन्त्य गर्ने लक्ष्य राखेको छ।

प्रकाशित: २०८३ बैशाख २८ गते सोमबार ०४:५६
प्रतिक्रिया

थप समाचार

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना