काठमाडौँ: सरकारले खेलकुद क्षेत्रलाई व्यवसायिक बनाउँदै निजी क्षेत्रको सहभागिता बढाउने र खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गर्ने नीति अघि सारेको छ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई आधुनिक र दिगो बनाउने उद्देश्यसहित नयाँ नीति लिइएको बताएका हुन्।
राष्ट्रपति पौडेलले भने, ‘खेलकुद क्षेत्रको व्यवसायीकरण, निजी क्षेत्रको सहभागिता र खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गरिनेछ।’


