काठमाडौँः नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा ४ हजार ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलामा २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार सोमबार ५ हजार ३४० सय रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर ५ हजार ६९५ रुपैयाँमा कारोबार भइरहेको छ ।


