२०८३ कार्तिक ११ गते मङ्गलबार

नेपाली परिकारको प्रवर्द्धन गर्दै पोर्चुगलमा ४ रेस्टु्रेन्ट चलाएका सापकोटा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २९
Viagem Nepal , 30 anos de gratidão. CAsa Nepalesa. Chef Tanka S
Viagem Nepal , 30 anos de gratidão. CAsa Nepalesa. Chef Tanka Sapkota

लिस्बन: यो वर्ष टंक सापकोटा पोर्चुगल आएको ३० वर्ष पूरा हुँदैछ। तीन दशकको यात्राको सम्झना गर्दै सापकोटाले लिस्बनस्थित कासा नेपालेसा रेस्टुरेन्टमा आफ्नो मातृभूमिको संस्कृति र खानपान प्रवद्र्धनसँगै परोपकारी अभियान पनि सुरु गरेका छन्।

आउँदो १२ महिनासम्म हरेक महिनाको पहिलो बुधवार कासा नेपालेसामा नेपालको हिमाल, पहाडदेखि तराईसम्मका पाक परम्पराहरू झल्काउने मेनु प्रस्तुत गरिनेछ। साथै परम्परागत नृत्य र संगीत पनि प्रस्तुत गरिने छन्।

सामाजिक उत्तरदायित्वका लागि परिचित सेफ सापकोटाले प्रत्येक साता निश्चित सिटबाट प्राप्त हुने आम्दानी अनाथ बालबालिकाको लागि काम गरिरहेका एसओएस चिल्ड्रेन्स भिलेजेज पोर्चुगल र एसओएस चिल्ड्रेन्स भिलेजेज नेपाललाई प्रदान गर्ने घोषणा गरेका छन्।

‘यो वर्ष म पोर्चुगल आएको ३० वर्ष पूरा हुँदैछ। यहाँ मैंले आफ्नो परिवार बनाएँ र रेस्टुरेन्टभन्दा बाहिर पनि विभिन्न परियोजनाहरू कार्यान्वयन गरेँ। आफ्नो पेसागत सीप वृद्धिका साथै व्यवसाय र समुदायलाई सक्दो सेवा गर्ने प्रयास गरेँ,’ सापकोटाले भने। पोर्चुगाली जनताले नेपाल र नेपालीप्रति दर्साएको माया र जन्मभूमिको सानो भएपनि सेवा गर्न मैले यो अभियान सुरु गरेको हुँ,’ उनले थपे।

पोर्चुगलमा चारवटा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका सापकोटाको ‘फोर्नो दि ओरो’ नामक रेस्टुरेन्ट युरोपका ५० उत्कृष्ट पिजेरियामध्ये १२औँ स्थानमा परेको थियो। लिस्बनस्थित उनको रेस्टुरेन्ट ‘कासा नेपालेसा’ मा गत बुधवारदेखि सुरु भएको अभियानले नेपाली मौलिक स्वाद र सांस्कृतिक वैभवमार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्ने पनि लक्ष लिएको छ।

६ मे २०२६ बाट सुरु भएर मे ५, २०२७ सम्म चल्ने यो शृंखलामा प्रत्येक महिनाको पहिलो बुधवार विशेष रात्रि भोज आयोजना गरिनेछ, जसको शुल्क ६० युरो प्रतिव्यक्ति तोकिएको छ।

यो मेरो लागि एक विशेष पहल हो, जसलाई मैले ठूलो स्नेहका साथ अंगालेको छु,’ सापकोटाले भने। ‘हामी हाम्रा ग्राहकहरूलाई नेपालको हिमालदेखि तराईसम्मका परम्परागत क्षेत्रीय परिकारहरू पस्कने छौँ।’

एसओएस चिल्ड्रेन्स भिलेज पोर्चुगलकी महानिर्देशक गुइडा मेन्डेस बर्नार्डोले यो अभियानलाई संस्कृति र सामाजिक जिम्मेवारीको प्रेरणादायी संगम भनिन्। त्यस्तै एसओएस चिल्ड्रेन्स भिलेजेज नेपालका राष्ट्रिय निर्देशक गंगाबहादुर गुरुङले पोर्चुगलमा बसेर कमाएको सीप, सम्मान र श्रोत नेपालका बालबालिकाको हितमा परिचालन गर्ने सेफ सापकोटाको पहलको प्रशंसा गरे।

गत बुधवार नेपालबाट आएका ६ जना कलाकारहरूले रोचक संगीत र नृत्य प्रस्तुत गरेका थिएभने स्टार्टरदेखि डेजर्टसम्मका परिकारहरू परम्परागत रेसिपीमा आधारित थिए। सेफ सापकोटाको गृह गाउँ बागलुङको दामेकबाट ल्याइएको सिन्की र नेपालबाट ल्याइएका अन्य सामग्रीहरूलाई पोर्चुगाली उत्पादनसँग संयोजन गरिएको थियो।

कार्यक्रममा नेपालका तस्बिरहरू प्रदर्शन गरिएको थियो भने तीन चरणको रात्रि भोजको बीचमा प्रत्यक्ष पर्फर्मेन्सहरु गरिएका थिए। च्यारिटी डिनरमा लिस्बन महानगरका पूर्वमेयर समेत रहेका पोर्चुगलका पूर्वअर्थमन्त्री फर्नान्डो मेदिना, पोर्चुगलका लागि नेपालका राजदूत प्रकाशमणि पौडेललगायत विशिष्ट पाहुनाहरूको उपस्थिति थियो।

राजदूत पौडेलले टंक सापकोटाले आफ्नो क्षेत्रमा नाम कमाउनुका साथै नेपालीको छवि उच्च राख्न पनि योगदान पुराएको बताए। ‘पोर्चुगलमा बसेर नेपाली खाना, संस्कृति र सम्पदाको प्रवद्र्धन गर्दै आएका सापकोटाले सुरु गरेको वर्ष दिन चल्ने परोपकारी अभियान निकै प्रशंसनीय छ। यसले पोर्चुगल र अन्यत्र बस्ने नेपाली उद्यमीहरूलाई पनि नेपालको सक्दो सेवा गर्न प्रेरित गर्नेछ भन्ने हाम्रो विश्वास छ,’ राजदूत पौडेलले भने।

सेफ सापकोटा जर्मनी र इटालीमा काम गरेर सन् १९९६ मा पोर्चुगल आएका थिए। अन्तरराष्ट्रिय रूपमा सम्मानित उनले सन् २०१९ मा एक प्रतिष्ठित उपाधि प्राप्त गरेका थिए। पोर्चुगलमा यो सम्मान पाउने उनी एक मात्र नेपाली हुन्। पाककला उपलब्धिका साथै उनले धेरै सामाजिक परियोजनाहरू सञ्चालन गर्दै आएका छन्।

प्रकाशित: २०८३ बैशाख २९ गते मङ्गलबार ११:२८
प्रतिक्रिया

थप समाचार

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली श्रमिक पठाउने व्यवस्था...

नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य

काठमाडौँ: अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि दिइने बी–१÷बी–२ भिसाका आवेदकमध्ये ५० देशका नागरिकका लागि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्मको भिसा बन्ड अनिवार्य गरेको छ। नयाँ व्यवस्थामा...

मलेसियाको रोजगारीमा २५ म्यानपावरलाई मात्र अनुमति दिने व्यवस्था स्वीकार्य छैनः पूर्वअध्यक्ष वाग्ले

काठमाडौं। वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष हंसराज वाग्लेले वैदेशिक रोजगार क्षेत्रमा विभिन्न नाममा सिन्डिकेट कायम रहेको भन्दै त्यसको अन्त्य गर्नुपर्ने बताएका छन्। रिपोर्टर्स...

घले दम्पतिले दिने भए भोटेकोशीका बाढीपीडित बालबालिकाका लागि ५७ करोड ८५ लाख

सिड्नी। भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षा र आधारभूत आवश्यकता पूरा गर्न एमआईटी ग्रुप फाउन्डेसनले ५७ करोड ८५ लाख रुपैयाँसम्म खर्च गर्ने प्रतिबद्धता जनाएको छ। राष्ट्रिय बाल अधिकार...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना