२०८३ कार्तिक १३ गते बिहिबार

हामी उद्योग र निजी क्षेत्रमैत्री आर्थिक नीति अवलम्बन गदैछौँ: अर्थमन्त्री

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २९
photo_3d3ee0a0

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक नीति तथा कानुनी सुधारलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन्। मंगलबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले निजी क्षेत्रमैत्री आर्थिक नीति अवलम्बन गर्दै पूराना १५ वटा कानुन खारेज गरिएको र राजस्व अनुसन्धान विभागसमेत खारेज गरेर उद्योगी व्यवसायीलाई सकारात्मक सन्देश दिन खोजिएको बताए।

उनले भने, ‘आर्थिक नीति तथा कानुनी सुधारमा पहिलो प्राथमिकतामा राखेका छौँ। १५ वटा पुराना खारेज गरेर राजश्व अनुसन्धान विभागलाई खारेज गरेर निजी क्षेत्रलाई एउटा सन्देश दिन चाहेको की हामी उद्योग र निजी क्षेत्र मैत्री आर्थिक नीति अवलम्बन गदैछौँ।’

उनले ठूला विकास आयोजना समयमा सम्पन्न हुन नसक्दा लागत बढ्ने र त्यसको भार अन्ततः सर्वसाधारणले बेहोर्नुपर्ने अवस्था रहेको उल्लेख गरे। विकास आयोजनाको सहजीकरणका लागि विशेष कानुनी व्यवस्था आवश्यक रहेको भन्दै अर्थ मन्त्रालयले सम्बन्धित विधेयकको मस्यौदा तयार गरिसकेको जानकारी दिए।

‘समयमा ठुला विकास आयोजना सम्पन्न गर्न नसक्नु र लागत बढ्दै जाने तर कुशासनको मूल्य चाहिँ तपाईँ हामी सबैले बेहोर्ने। त्यसको अन्त्य नै हुनुपर्छ भनेर अध्यादेश कै रूपमा पनि केही कुराहरू आएका छन्। ठुला विकास आयोजनाको सहजीकरण गर्नेका लागि विशेष ऐनबाट नै निर्देशित हुनुपर्छ। त्यसको लागि पनि अर्थ मन्त्रायले एउटा ड्राफ्ट तयार पारेको छ,’ उनले भने।

अर्थमन्त्री डा. वाग्लेले गत आर्थिक वर्षमा १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याइए पनि वास्तविक खर्च अपेक्षाअनुसार हुन नसकेको स्वीकार गरे। उनका अनुसार चालु आर्थिक अवस्थालाई हेर्दा सरकारले हालसम्म करिब १५ खर्ब रुपैयाँ मात्र खर्च गरेको बताए। असार मसान्तसम्म अधिकतम १६ खर्ब ५० अर्ब रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ।

उनले भने, ‘गत वर्षको बजेट १९ सय ६४ अर्ब बजेट आयो र चार सय सात अर्बको पुँजीगत खर्च छुट्याको छ। यस वर्ष अर्थतन्त्रमा १५ सय अर्ब मात्र खर्च गरेका छौँ। असार मसान्तसम्म साढे १६ सय अर्ब मात्र खर्च गर्नेछौँ।’

उनले ठूला पूर्वाधार आयोजनाहरू केवल राजस्व वा दातृ निकायको सहयोगमा सञ्चालन गर्न कठिन हुँदै गएको भन्दै वैकल्पिक वित्तीय स्रोतको खोजी आवश्यक भएको बताए।

‘वैकल्पिक वित्तमा हामी जानुपर्ने भयो। राजस्वबाट उठाएका वा दातृ निकायले दिएको रकमको भरमा मात्र हामीले ठूला ठूला पूर्वाधारका आयोजनाहरू अव गर्न नसकिने अवस्थामा पुग्यौँ,’ उनले भने।

प्रकाशित: २०८३ बैशाख २९ गते मङ्गलबार ०२:३५
प्रतिक्रिया

थप समाचार

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना