२०८३ कार्तिक २३ गते आईतबार

नीति तथा कार्यक्रमप्रति पुँजी बजार निराश, नेप्सेमा उच्च गिरावट

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २९
nepse4

काठमाडौँः सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमप्रति लगानीकर्ता उत्साहित हुन नसक्दा मंगलबार सेयर बजारमा उच्च गिरावट देखिएको छ। साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३९.४४ अंकले घटेर २ हजार ७४४.४० विन्दुमा बन्द भएको हो। बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घट्दा लगानीकर्तामा निराशा देखिएको छ।

आज कुल १ करोड ६ लाख ७८ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ४ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमा आएका कम्पनीमध्ये १३ कम्पनीको सेयर मूल्य बढेको छ भने २५१ कम्पनीको सेयर मूल्य घटेको छ। पाँच कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा भने नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड अगाडि देखिएको छ। कम्पनीको १८ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।

लगानीकर्ताहरूका अनुसार सरकारले ल्याएको नीति तथा कार्यक्रममा पुँजी बजारका लागि ठोस तथा नयाँ कार्यक्रम नआएकाले बजारमा अपेक्षित उत्साह देखिन सकेन। लगानीकर्ता देव गुरागाईंका अनुसार सरकारले अघिल्ला नीतिहरूलाई दोहोर्याउने शैलीमा कार्यक्रम ल्याएको छ, जसले लगानीकर्ताको मनोबल बढाउन सकेन।

उनले भने, ‘नीति तथा कार्यक्रममा पूँजी बजार सुधारका लागि नयाँ र प्रभावकारी योजना आउने अपेक्षा थियो। तर पुरानै विषयलाई दोहोर्याइएकाले बजारले सकारात्मक प्रतिक्रिया दिन सकेन।’

उनका अनुसार अहिले बजारमा ठूलो लगानीकर्ताको सक्रियता कमजोर देखिएको छ। सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनलाई तीव्र बनाएको कारण ठूला लगानीकर्ता केही सतर्क बनेको उनले बताए। ‘ठूला लगानीकर्ता बजारमा खुलेर प्रवेश गर्न सकेका छैनन्। त्यसैले अपेक्षित सुधार आउन ढिलाइ भएको हो,’ उनले भने।

यद्यपि, गुरागाईंले अहिलेको अवस्था दीर्घकालीन लगानीकर्ताका लागि अवसरका रूपमा रहेको बताएका छन्। उनका अनुसार बजार घटेका बेला अध्ययन गरेर लगानी गर्नेहरूले भविष्यमा राम्रो प्रतिफल पाउन सक्ने सम्भावना हुन्छ। ‘बजारप्रति धैर्य राख्नुपर्छ। अध्ययन गरेर लगानी गर्नेका लागि अहिलेको समय उपयुक्त हुन सक्छ,’ उनले भने।

सरकारले नीति तथा कार्यक्रममा पुँजी बजारसँग सम्बन्धित चार वटा मुख्य बुँदा समावेश गरेको छ। कार्यक्रममा पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास गर्ने उल्लेख गरिएको छ। त्यसैगरी धितोपत्र नियमन, नेप्से तथा क्लियरिङ प्रणालीको पुनःसंरचना गर्ने, संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा कम्पनी, म्युचुअल फण्ड तथा गैरआवासीय नेपाली (एनआरएन) को सहभागिता विस्तार गर्ने योजना अघि सारिएको छ।

त्यस्तै सरकारले ऋण बजार, बन्ड बजार, पूर्वाधार बन्ड तथा जोखिम व्यवस्थापन उपकरण विकास गरी दीर्घकालीन पुँजी निर्माण गर्ने नीति लिएको जनाएको छ। वैकल्पिक विकास वित्त, डायस्पोरा पुँजी तथा निजी लगानी परिचालनमार्फत पूर्वाधार वित्तपोषणको नयाँ मोडल लागू गर्ने योजना पनि कार्यक्रममा समेटिएको छ।

विशेषगरी गैरआवासीय नेपालीलाई पुँजी बजारमा सहभागी गराउने सरकारी योजनालाई सकारात्मक रूपमा हेरिएको छ। लगानीकर्ताहरूका अनुसार एनआरएनको सहभागिताले बजारमा दीर्घकालीन पुँजी भित्रिने र बजारलाई स्थायित्व दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल ले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा संस्थागत लगानीकर्ताको सहभागिता विस्तारमार्फत बजारलाई मजबुत बनाउने लक्ष्य उल्लेख गरिएको छ। तर लगानीकर्ताहरूले भने यस्ता घोषणालाई व्यवहारमा कसरी कार्यान्वयन गरिन्छ भन्ने कुराले मात्रै बजारको भविष्य निर्धारण गर्ने बताएका छन्।

विश्लेषकहरूका अनुसार अहिले लगानीकर्ता स्पष्ट कार्ययोजना, नियामकीय सुधार र बजारमैत्री नीतिको प्रतीक्षामा छन्। घोषणामात्रै पर्याप्त नहुने भन्दै उनीहरूले कार्यान्वयन पक्ष प्रभावकारी भए मात्र पुँजी बजारमा दीर्घकालीन सकारात्मक प्रभाव पर्ने बताएका छन्।

प्रकाशित: २०८३ बैशाख २९ गते मङ्गलबार ०३:४७
प्रतिक्रिया

थप समाचार

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...

आईपीओ जारी गर्न आशुतोष इनर्जीले पायो सेबोनबाट स्वीकृति

काठमाडौँ: आशुतोष इनर्जी लिमिटेडले सर्वसाधारणका लागि ७२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट कम्पनीको विवरणपत्र प्रकाशनका लागि स्वीकृति प्राप्त...

इन्ट्राडे कारोबारमा लगानीकर्ताको जोखिम क्षमता जाँचिने, ब्रोकरलाई २० करोड चुक्ता पुँजी प्रस्ताव

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा इन्ट्राडे कारोबारलाई व्यवस्थित र नियमन गर्ने उद्देश्यसहित तयार पारेको मस्यौदा नियमावलीमा लगानीकर्ताको जोखिम क्षमता परीक्षणदेखि ब्रोकरको...

नेप्सेसँगै घट्यो कारोबार रकम, आँखुखोलाको कारोबार उच्च

काठमाडौँः बिहीबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन बुधबार अन्तिम समयमा सुधार देखिएको नेप्से परिसूचक यस दिन भने घटेर बन्द भएको हो । परिसूचकसँगै बजारमा सेयर कारोबार रकममा समेत...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना