काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरूले उठाएका सवालको जवाफ नदिने भएका छन्। सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा तथा कार्यक्रममाथि मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले प्रश्न उठाएका थिए। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट सांसद गणेश पराजुलीले नीति तथा कार्यक्रमको स्वागत गरे पनि विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसद महावीर पुनले सवाल उठाएका थिए।
बुधबार बिहान ११ बजे निर्धारित प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपतिले वैशाख २८ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आव २०८३/८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।
तर संसद्मा प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका सवालको जवाफ नदिने भएका हुन्। उनले प्रधानमन्त्री नियुक्त भएयता संसद्लाई सम्बोधन गरेका छैनन्।
सामान्यतया सांसदहरूले नीति तथा कार्यक्रममाथि उठाएका सवालको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने भए पनि प्रधानमन्त्रीले संसद्मा सम्बोधन नगर्ने भएपछि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको सट्टा जवाफ दिने भएका छन्।


