काठमाडौं। सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ।
न्यायाधीशद्धय सारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले कुनै एक वरिष्ठ अधिवक्ताको रोहवरमा उनलाई हाजिरी जमानीमा छाडी अनुसन्धान गर्नू भनी आदेश दिएको हो।
सर्वोच्चले उनलाई मुलुक छाडेर विदेश जानुपर्ने अवस्थामा अदालतको आदेशमा मात्रै जान पाउने व्यवस्था गर्न भनेको छ।


