२०८३ कार्तिक २३ गते आईतबार

संकटमा राडीपाखी व्यवसायः लोप हुँदै गएको सीप जोगाउन विउमतिको संघर्ष

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ८
radi

बाजुरा। दिउँसोको करिब १२ बजेको समय, टन्टलापुर घाममा गाउँको एक कुनाबाट ‘ठक…ठक… ठक्… आवाज लयबद्ध रूपमा कानमा गुञ्जिन्छ। त्यो आवाज परम्परागत तान चलिरहेको संकेत हो। त्यही परम्परागत तानसँग जोडिएको छ स्थानीय महिलाको दैनिकी।

चर्को घाममा घरको आँगनमा हाते तान अगाडि बसेर मसिना ऊनका रेखालाई कपडामा रूपान्तरण गर्ने महिला हुन्, बाजुराको बडीमालिका नगरपालिका अंगाउपानीकी स्थानीय विउमति गुरुङ। गुरुङको श्रम, सीप, संघर्ष र दैनिकीको कथा निकै रोचक र लोभलाग्दो छ।

पसिना पुछ्दै टन्टलापुर घाममा गुरुङ परम्परागत तानको संसारमा व्यस्त देखिन्छिन्। उनको त्यो चलायमान हातको गति घामपानी नभनेर काममै व्यस्त छ। वास्तवमा तान बुन्ने काम केवल जीविकोपार्जन मात्र नभई परम्परागत सीप र प्रविधिको संरक्षण, सांस्कृतिक पहिचान र जीवन संघर्षको अभिन्न हिस्सा बनेको पाइन्छ।

उमेरले ५० कटेकी गुरुङको तान बुन्ने सीप, संघर्ष र जोस–जाँगर हेर्न लायक छ। प्रविधिको विकासले यस्ता पेसा र सीपको संरक्षणमा चुनौती थपिँदै जाँदा गुरुङले भने पुख्र्यौली पेसा र परम्परालाई छाडेकी छैनन्। तानमा बसेर कपडा र आफ्नै संघर्षको कथा बुन्नु उनको दैनिकी जस्तै छ।

सहरको जस्तो कोलाहल नभएको शान्त वातावरणमा केवल धागोको सुस्केरा र परिश्रमको ताल मात्र सुन्न सकिन्छ। तान बुन्ने गुरुङका हात थाक्दैनन् र हातलाई थाक्ने छुट समेत छैन। उनले तानमा बुनेका कपडा केवल प्रयोगका लागि मात्र नभई, त्यसभित्र उनको परिश्रम, सीप र संघर्ष समेत लुकेको हुन्छ।

तान बुन्दै गुरुङ भन्छिन्, ‘पछिल्लो समय सबैले तानबाट कपडा बनाउन छाडिसके। आफूले भने परम्परागत प्रविधि र सीप संरक्षण गर्नका लागि समेत तान बुन्ने गर्छु। पुर्खौँदेखि यो पेसा गर्दै आएका छौँ। तानबाट बनाएका कपडा जाडोको समयमा काम लाग्छन् र न्यानो हुन्छन्।’

‘पहिले–पहिले गाउँघरतिर तान बुन्ने साधन मात्रै नभई सबैको घर चलाउने आधार थियो। महिलाहरू घरधन्दा सकेर तानमा बस्ने गर्थे,’ गुरुङले थपिन्, ‘अहिले यसलाई प्राथमिकता दिइँदैन। त्यसबेला लिउ, फेरुवा, काम्ला, राडीपाखी, गलैँचा र स्थानीय कपडा बुनिन्थ्यो। यिनै धागोहरूमा आफ्ना दुःख, सीप र जिम्मेवारी गाँस्ने काम हुन्थ्यो।’

बजारमा आधुनिक कपडाको महत्त्व बढ्दै जाँदा तानबाट बनेका कपडा कम मात्रामा प्रयोग गर्न थालिएको उनको बुझाइ छ। तर, आफूले परम्परा, संस्कृति र पहिचानलाई आत्मसात् गरी पेसा भने नछाडेको बताइन्। गुरुङले बुनेका राडीपाखी वा अन्य कपडाहरू दरिलो र टिकाउ समेत हुने गरेका छन्।

‘तान बुन्ने काममा समय र धैर्य चाहिन्छ। तानमा बसेर धागो मिलाउने, बुन्ने र कपडा तयार पार्ने काम सजिलो छैन। समयको सदुपयोग र परम्परागत सीपको संरक्षण गर्न तानमा बसेर कपडा बुन्ने काम समयअनुसार गरिरहन्छु,’ उनले भनिन्।

‘आधुनिकताले मौलिक र परम्परागत पेसा, व्यवसाय संकटमा परे। बिस्तारै मानिसले भेडापालन व्यवसाय छाडे, जसले ऊन उत्पादनमा गिरावट आयो। भेडापालन गर्ने र हातमा सीप भएकाले चासो नदिँदा गाउँमा राडीपाखी बुन्ने प्रचलन विस्तारै लोप हुँदै गयो।’

गुरुङका लागि तान बुनाइ केवल काम नभई परम्परा जोगाउने माध्यम बनेको छ। आफ्नो सीप र संस्कृतिलाई उनले धागोमा बाँधेकी छिन्।

आधुनिक प्रविधिका कारण पछिल्लो समय राडीपाखी व्यवसाय दुर्लभ बन्दै गएको छ।

बाजुराका नौवटै स्थानीय तहमा तान बुन्ने प्रचलन हराउँदै गएको हो। चरनको अभावमा भेडा पाल्नेहरू कम हुँदै गएपछि राडीपाखी पेसा–व्यवसाय प्रभावित बनेको स्थानीय कला थापा भोटेले बताइन्।

भेडाको ऊनबाट बनेका राडी, कम्मल, पाखी, फेरुवाको मूल्य तीन हजारदेखि आठ हजारसम्म पर्ने गर्छ। भेडाबाट ऊन निकालेर बुनाइ गर्दासम्म धेरै दुःख हुने हुँदा पनि यो पेसा दुर्लभ बन्दै गएको छ।

प्रकाशित: २०८३ जेठ ८ गते शुक्रबार ०७:४९
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना