टस हारेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा ३१७ रन जोडेको थियो। नेपालले दिएको विशाल लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १९५ रनमा अल आउट भयो ।
नेपालले बनाएको ३१८ रनको स्कोर कीर्तिपुर मैदानमा सर्वाधिक धेरै हो। नेपाल र यूएईले टियु मैदानमा ३१० रन बनाएका थिए।
नेपालका तर्फबाट डा. ईशान पाण्डेले सर्वाधिक ८४ रनको शानदार इनिङ्स खेले। यस्तै, दीपेन्द्र सिंह ऐरीले ५९ रनको योगदान दिए। रोहित पौडेलले ४६, आसिफ शेखले ४३, कुशल भुर्तेलले २९, गुलशन झाले १५ रन बनाए।
यससँगै सिरजमा नेपालले ६ अंक थपेको छ। जितपछि नेपाल २४ अंकसहित पाँचौँ स्थानमा यथावत रहेको छ।








