२०८३ कार्तिक १३ गते बिहिबार

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १०
baramad

धनगढी। भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र अन्य गरगहना तथा नगद गरेर दुई करोड रुपैयाँबराबरको सम्पत्ती नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश कार्यालयले बरामद् गरेको छ।

तीन महिना अघि गत फागुन १३ गते भारतको दिल्ली स्थित राजेन्द्रनगरका संजयकुमार माखीजाको घरबाट करोडौंको धनसम्पति चोरी गरेर बाजुराको बुढीगंगा नगरपालिका–१० का उपेन्द्र रावतसहितको टोली फरार थियो।
प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक महेश शाहीका अनुसार संजयकुमार मखजीले नेपाल प्रहरीमा उजुरी गरेपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो।

सो क्रममा प्रहरीले उपेन्द्र रावतसहित बाजुराको खप्तड छान्ना गाउँपालिका–३ का लोकेश धामी र अछामको साँफेबगर नगरपालिका–४ का अर्जुन सुनारलाई पक्राउ गरेको प्रहरी निरीक्षक शाहीले बताए।

‘लामो अनुसन्धानपछि उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेका हौं,’ शाहीले भने, ‘गरगहना र नगद उनीहरुले आफन्तको घरमा राखेका थिए। अहिले बरामद् गरेर उजुरीकर्तालाई बुझाएका छौं’, शाहीले जानकारी दिए। पक्राउ परेका तीन जनाबाट गरगहनासहित दुई करोड सात लाख रुपैयाँ बरामद गरिएको शाहीले बताए।

प्रदेश प्रहरी कार्यालयले विभिन्न जिल्ला प्रहरी कार्यालयसँग साझेदारी गरेर अनुसन्धान गरिएको थियो। हालसम्म हिरामोती, सुनचाँदीका गरगहना, विभिन्न कम्पनीका घडी, नेपालसहित विभिन्न देशका मुद्रा समेत गरी दुई करोड १० लाख भन्दा बढि मूल्य बराबरको सामान बरामद् गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख डिआइजी ओमबहादुर रानाले जानकारी दिए।

रानाका अनुसार तीन जनाबाट नेपाली रुपैयाँ एक करोड ३४ लाख पर्ने १२ वटा घडी, ४३ लाख ३३ हजार १४५ बराबरको विभिन्न सुनका गरगहना, १५ लाख ५६ हजार बराबरको हिरा र सुनका रिङ, दुई लाख १५ हजार ५३० का चाँदीका गरगहना तथा तीन लाख बराबरको सुन बरामद गरिएको छ।

यस्तै, १२ लाख ९० हजार नेपाली रुपैयाँ समेत उनीहरुको साथबाट बरामद गरिएको रानाले जानकारी दिए। बरामद गरिएको नगद र विभिन्न देशका मुद्रा सम्बन्धीत व्यक्तिलाई बुझाइएको छ।

मुख्य आरोपी अझै फरार

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार चोरीमा संलग्न मुख्य आरोपी भने अझै फरार छन्। हाल बरामद् गरिएको सम्पत्ति भन्दा अझै धेरै चोरीको सम्पत्ति ती व्यक्तिसँग हुने अनुमान प्रहरीले गरेको छ।

‘हामी मुख्य आरोपीको खोजी गरिरहेका छौं,’ प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक महेश शाहीले भने, ‘अनुसन्धान जारी रहेको छ, सायद छिट्टै ती व्यक्ति पनि समातिन सक्छन्।’ मुख्य आरोपी भनिएका व्यक्तिको परिचय भने प्रहरीले गोप्य राखेको छ।

प्रकाशित: २०८३ जेठ १० गते आईतबार १०:४०
प्रतिक्रिया

थप समाचार

जलविद्युत्‌को बैंक–कथाः २ अर्बको कर्जा कसरी पुग्यो साढे ४ खर्ब

सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट उत्पादन गर्न ६१ खर्ब रुपैयाँ आवश्यक छ, जसमध्ये ४० खर्ब लगानी निजी क्षेत्रबाट जुटाउनुपर्ने चुनौती छ। परम्परागत मोडेलबाट कम्पनी मोडेलमा आएको ऊर्जा क्षेत्रमा...

वातावरण मुद्दा: आफ्नै घोषणापत्रको विरुद्धमा दलहरू

हरेक निर्वाचनमा राजनीतिक दलले वातावरण संरक्षणका मुद्दा उठाउँछन्। तर, सत्तामा पुगेपछि आफैँले उठाएको मुद्दाविपरीत हुने गरी वातावरणविरुद्धका गतिविधिलाई संरक्षण र प्रोत्साहन गर्छन्। एक त दलहरूले...

विस्तार हुँदै बीमा व्यवसाय, ४९.८ प्रतिशत जनसंख्यामा पुग्यो

चालू आर्थिक वर्षको मंसिरसम्म सक्रिय जीवन बीमालेख संख्या १६.८ प्रतिशत वृद्धि भई एक करोड ६१ लाख ६७ हजार ८५४ पुगेको छ। यस अवधिमा निर्जीवन बीमालेख संख्यासमेत ५.६ प्रतिशत वृद्धि भएको छ।

भारतको भन्सार नीतिले केएल दुगडको तेल व्यापारमा चमक, साढे १४ अर्बको कारोबार

भारतको भन्सार नीतिका कारण स्वास्तिक आयलको खाने तेल व्यापारमा चमक आएको हो। उद्योगले छ अर्ब ९२ करोड रुपैयाँ बराबरको तेल भारतमा निर्यात गरेको छ।

पाँच वर्षमा कृषि कर्जा १५ प्रतिशत पुर्‍याउने लक्ष्य, परियोजना केन्द्रित लगानी नीति लागू गरिने

बैंकिङ तथा वित्तीय सेवाहरूलाई क्रमशः पूर्ण डिजिटल बनाउने, कर्जा पहुँच विस्तारका लागि मोबाइल र अनलाइन माध्यमबाट सेवा प्रदान गर्ने नियो बैंक स्थापनाका लागि आवश्यक कानुनी आधार तयार गर्नेलगायतको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना