२०८३ असोज १८ गते आईतबार

भारतको भन्सार नीतिले केएल दुगडको तेल व्यापारमा चमक, साढे १४ अर्बको कारोबार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १
kldugar

काठमाडौँ: व्यावसायिक घराना केएल दुगड ग्रुपले सञ्चालन गरिरहेको स्वास्तिक आयल इन्डष्ट्रिजको खाने तेल व्यापारमा चमक आएको छ। उद्योगको खाने तेल व्यापार १३० प्रतिशत बढेर १४ अर्ब ३६ करोड २० लाख रुपैयाँ पुगेको छ।

अघिल्लो वर्ष सन् २०२४ मा स्वास्तिक आयलले छ अर्ब २३ करोड ४० लाख रुपैयाँको तेल व्यापार गरेको थियो। अघिल्लो वर्षको तुलनामा गत वर्ष खाने तेल व्यापार आठ अर्ब १२ करोड २८ लाख रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।

सन् २०२३ मा स्वास्तिक आयलले सात अर्ब र २०२२ मा १२ अर्ब ५१ करोड २० लाख रुपैयाँको खाने तेल व्यापार गरेको थियो। उद्योगले पाँच महिनामा छ अर्ब १५ करोड १० लाख रुपैयाँ कारोबार गरेको छ।

भारतले खाने तेलमा लिएको लचक नीतिले गर्दा नेपाली उद्योगहरूले प्रतिस्पर्धात्मक लाभ लिन पाएका छन्। भारतको भन्सार नीतिका कारण स्वास्तिक आयलको खाने तेल व्यापारमा चमक आएको हो।

भन्सार नीतिका कारण नेपालका सबै खाने तेल उद्योगले राम्रो व्यापार गरेका छन्। उद्योगले छ अर्ब ९२ करोड रुपैयाँबराबरको तेल भारतमा निर्यात गरेको छ। आर्थिक वर्ष २०२४ मा ३५ करोड, २०२३ मा ६२ करोड रुपैयाँबाट बढेर झण्डै सात अर्ब रुपैयाँ पुगेको छ।

उद्योगले मुख्यतया प्रशोधित सूर्यमुखी तेल, भटमासको तेल, तोरीको तेल, पामोलिन र वनस्पति घिउको बिक्रीबाट आम्दानी गरेको छ। उद्योगको क्षमता उपयोग आर्थिक वर्ष २०२४ मा १८ प्रतिशतबाट दोब्बर भई आर्थिक वर्ष २०२५ मा ३६ प्रतिशत पुगेको छ। जसले राम्रो सञ्चालन दक्षतालाई प्रतिबिम्बित गरेको छ।

स्वस्तिक आयल इन्डस्ट्रिज सन् १९८४ मा स्थापना भएको हो। उद्योगको प्लान्ट विराटनगरमा रहेको छ।

वनस्पति घिउसँगै प्रशोधित सोयाबिन, पामोलियन र सूर्यमुखीको प्रशोधन गर्दै आएको छ। उद्योगको कुल स्थापित क्षमता एक लाख ३५ हजार टन छ। यस्तै तोरीको तेल उत्पादन क्षमता वार्षिक १० हजार टन रहेको छ। उद्योगले खाने तेलको कच्चा वस्तु तोरी, सनफ्लावर र वनस्पति घिउ र पाम आयल विदेशबाट आयात गर्दै आएको छ।

केएल दुगड समूहले खाद्यान्न, प्याकेजिङ, जडीबुटी निकासी, जलविद्युत, सिमेन्ट, निर्माण र बैंकिङ तथा वित्तमा बलियो उपस्थिति राखेको छ। ग्रुपले युनाइटेड सिमेन्ट उद्योग सञ्चालन गरिरहेको छ।

स्वस्तिक आयलका अध्यक्ष विकास दुगड रहेका छन्। उनको व्यापार र उद्योगमा दुई दशकभन्दा बढीको अनुभव छ। उनी समूहमा संयुक्त प्रबन्ध निर्देशक पनि हुन।समूहले १८० भन्दा बढी उत्पादन आधारहरू आपूर्ति गर्दछ।

चामल, दाल, अन्न, शिशु खाना, मसला, चिया, पीठो, खाद्य तेल र अन्य खाद्यान्नहरू विभिन्न भौगोलिक क्षेत्रहरूमा अवस्थित आफ्नै बिक्री डिपोहरूबाट विभिन्न प्याकेजहरूमा समावेश छन्। उद्योगले घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा स्वस्तिक, धारा, सनफ्लो, संगम र बिगुलका विभिन्न ब्रान्ड नामहरूमा बेच्दै आएको छ।

चालू आर्थिक वर्षको छ महिनामा नेपालबाट ६५ अर्ब ५६ करोड रुपैयाँ बराबरको खाद्य तेल निर्यात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको छ महिनाको वैदेशिक व्यापार तथ्यांकअनुसार नेपालबाट सबैभन्दा बढी सोयाबिन आयल (भटमासको तेल) निर्यात भएको छ। यस अवधिमा मात्र ५६ अर्ब ८ करोड रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात गरिएको छ।

त्यसैगरी, दोस्रो स्थानमा सनफ्लावर तेल रहेको छ। छ महिनामा चार अर्ब ७८ करोड रुपैयाँ बराबरको सनफ्लावर तेल निर्यात भएको भन्सार विभागले जनाएको छ।भन्सार विभागका अनुसार यी दुई प्रकारका तेलसँगै अन्य १२ प्रकारका तेलसमेत गरी नेपालबाट कुल ६५ अर्ब ५६ करोड रुपैयाँ बराबरको तेल निर्यात भएको छ।

प्रकाशित: २०८२ फाल्गुण १ गते शुक्रबार ०२:५१
प्रतिक्रिया

थप समाचार

आक्रामक लगानी विस्तार गर्दै रामेश्वर साह, सौरहा र जनकपुरपछि मुक्तिनाथ र बर्दियामा होटल खोल्ने

चितवनको सौराहामा ‘रोयल टुलिप’ लक्जरी रिसोर्ट सञ्चालन गरिरहेका शाहले जनकपुरधाममा २ अर्ब रूपैयाँ लगानीमा पाँचतारे डिलक्स होटल मिथिला निर्माण गरिरहेका छन्।

बूढानीलकण्ठ फरेष्ट हिल्सले लक्जरी वेलनेस रिसोर्ट बनाउदै, लागत १ अर्ब ११ करोड

होटल बनाउन १ अर्ब ११ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। कूल लगानीमा स्वपुँजी र ऋण लगानी हिस्सा आधा हुने बूढानीलकण्ठ फरेष्ट हिल्सले जनाएको छ।

सेना, प्रहरी र सशस्त्रलाई पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास (एलपिजी)को बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिएका छन्। विकास आर्थिक...

सीएसआरको पैसा कब्जा गर्ने सरकारको तयारी, प्रस्तावित कम्पनी विद्येयकमा निजी क्षेत्रको असहमति

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको कम्पनी ऐनसम्बन्धी विधेयकको मस्यौदामा वार्षिक २५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने कम्पनीले आफ्नो खुद नाफाको कम्तीमा १ प्रतिशत रकम ‘संस्थागत...

रारा चाउचाउ गुणस्तरहीन, बिक्रीमा लगाइयो रोक

काठमाडौँ: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रारा चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम संकलन...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना