काठमाडौँ: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रारा चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।
विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा सम्बन्धित उत्पादन न्यूनस्तर पाइएको जनाएको छ।
विभागका अनुसार ‘तयारी चाउचाउ’ ६० ग्राम, ब्याच नम्बर आरईजी ०१, ब्रान्ड राराको उत्पादन न्यूनस्तर भेटिएको हो। उक्त चाउचाउको उत्पादन मिति ५ फेब्रुअरी २०२६ र उपभोग्य अवधि १२ महिना रहेको सूचनामा उल्लेख छ।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम उक्त खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न तथा सोही ऐनको दफा ३५(२) बमोजिम बिक्री–वितरण नगर्न/नगराउन आदेश दिएको जनाएको छ।

