२०८३ असोज १८ गते आईतबार

बूढानीलकण्ठ फरेष्ट हिल्सले लक्जरी वेलनेस रिसोर्ट बनाउदै, लागत १ अर्ब ११ करोड

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १६
wellness_resort

काठमाडौँ: पछिल्ला वर्ष राजधानीको बूढानीलकण्ठमा तारे होटलहरू खुल्ने क्रम बढेको छ। बूढानीलकण्ठ विस्तारै पर्यटकीय केन्द्र बन्दै गएको छ।

त्यहाँ लेमन ट्री, पार्क भिलेज, फरेष्ट इनजस्ता पाँचतारे स्तरका होटल खुलिसकेका छन्। त्यस क्षेत्रमा अन्य होटलहरू आउने क्रम बढिरहेको छ। बूढानीलकण्ठ धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको छ।

यसैगरी बूढानीलकण्ठ फरेष्ट हिल्स प्रालिले ६३ कोठाको लक्जरी हस्पिटालिटी तथा वेलनेस रिसोर्ट निर्माण गर्ने भएको छ। जसमध्ये ३३ कोठाहरू परम्परागत विलासी आतिथ्य र ३० कोठाहरू शिक्षक–प्रशिक्षण, रिट्रिट, ध्वनि उपचार, आयुर्वेद, संगीत थेरापी र कर्पोरेट कार्यक्रमसहित वेलनेस र रिट्रिटमा आधारित हुने भएको छ।

होटल बनाउन १ अर्ब ११ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। कुल लगानीमा स्वपुँजी र ऋण लगानी हिस्सा आधा हुने बूढानीलकण्ठ फरेष्ट हिल्सले जनाएको छ। ५५ करोड रुपैयाँ संस्थापकको स्वपुँजी (इक्विटी) र बाँकी ५५ करोड रुपैयाँ ऋण हुने गरि लगानी संरचना बनाइएको छ।

हाल ऋण लगानी सम्झौताको प्रक्रियामा रहेको भए पनि प्रस्तावित इक्विटी प्रतिबद्धताको लगभग ४७ प्रतिशत खर्च भइसकेको छ। होटलले परियोजनाको लागि आवश्यक जग्गा खरिद गरिसकेको छ। यस्तै भवनलगायत अन्य पूर्वाधार बनाउन ठेक्का सम्झौता गरिसकेको जनाएको छ।

ठूला लगानीका होटलले प्रतिफल लिन लामो समय कुर्नुपर्ने हुन्छ। यसबाहेक लक्जरी र वेलनेस क्षेत्रमा परियोजनाको भिन्न स्थितिलाई ध्यानमा राख्दै बजार स्थिति स्थापित गर्ने, लक्षित ग्राहक आधारलाई आकर्षित गर्ने, सन्तोषजनक अधिभोग स्तर र अकुपेन्सी दर प्राप्त गर्नुपर्ने हुन्छ।

रिसोर्टको अध्यक्ष डा. राजेन्द्र केसी रहेका छन्। केसीको शिक्षा, कृषि, आतिथ्य र सामाजिक क्षेत्रहरूमा २६ वर्षभन्दा बढीको अनुभव छ। केसीको लेमन ट्री होटलमा लगानी रहेको छ।

प्रस्तावित लक्जरी रिसोर्ट राजधानीको उत्तरी भागमा रहेको बुढानीलकण्ठमा रणनीतिक रूपमा अवस्थित छ। जहाँ शहरका प्रमुख भागहरूसँग राम्रो सडक सम्पर्क छ।

यो स्थानले व्यावसायिक क्षेत्रहरू, शैक्षिक संस्थाहरू र बूढानीलकण्ठ मन्दिरसहित प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूको निकटताबाट लाभ उठाउने देखिन्छ। बूढानीलकण्ठ फरेष्ट हिल्स सन् २०१९ मा स्थापना भएको हो।

प्रकाशित: २०८३ असोज १६ गते शुक्रबार ०५:३८
प्रतिक्रिया

थप समाचार

आक्रामक लगानी विस्तार गर्दै रामेश्वर साह, सौरहा र जनकपुरपछि मुक्तिनाथ र बर्दियामा होटल खोल्ने

चितवनको सौराहामा ‘रोयल टुलिप’ लक्जरी रिसोर्ट सञ्चालन गरिरहेका शाहले जनकपुरधाममा २ अर्ब रूपैयाँ लगानीमा पाँचतारे डिलक्स होटल मिथिला निर्माण गरिरहेका छन्।

सेना, प्रहरी र सशस्त्रलाई पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास (एलपिजी)को बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिएका छन्। विकास आर्थिक...

सीएसआरको पैसा कब्जा गर्ने सरकारको तयारी, प्रस्तावित कम्पनी विद्येयकमा निजी क्षेत्रको असहमति

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको कम्पनी ऐनसम्बन्धी विधेयकको मस्यौदामा वार्षिक २५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने कम्पनीले आफ्नो खुद नाफाको कम्तीमा १ प्रतिशत रकम ‘संस्थागत...

रारा चाउचाउ गुणस्तरहीन, बिक्रीमा लगाइयो रोक

काठमाडौँ: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रारा चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम संकलन...

भारतीय भन्सार शुल्कको असरः डेढ खर्बको खानेतेल निर्यात व्यापार जोखिममा

काठमाडौं। प्रशोधित खाने तेलको निर्यातमा भारतले गरेको पछिल्लो भन्सार शुल्क कटौतीले नेपाली उद्योगको प्रतिस्पर्धात्मक लाभ घटाउने जोखिम बढाएको छ। गत आर्थिक वर्षमा भटमास, पाम र सूर्यमुखी तेलबाट...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना