२०८३ कार्तिक १२ गते बुधबार

पाँच वर्षमा कृषि कर्जा १५ प्रतिशत पुर्‍याउने लक्ष्य, परियोजना केन्द्रित लगानी नीति लागू गरिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १६
nrb2

काठमाडौँ: सरकारले आगामी पाँच वर्षलाई लक्षित गर्दै वित्तीय क्षेत्रको संरचनात्मक सुधार र प्रविधिमैत्री रूपान्तरणका लागि नयाँ विकास रणनीति सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको यस रणनीतिले परम्परागत बैंकिङ प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्दै डिजिटल अर्थतन्त्रतर्फ देशलाई अगाडि बढाउने लक्ष्य लिएको छ।

बैंकिङ तथा वित्तीय सेवाहरूलाई क्रमशः पूर्ण डिजिटल बनाउने, कर्जा पहुँच विस्तारका लागि मोबाइल र अनलाइन माध्यमबाट सेवा प्रदान गर्ने नियो बैंक स्थापनाका लागि आवश्यक कानुनी आधार तयार गर्नेलगायतको योजना सरकारको छ। यससँगै हालको धितोमुखी कर्जा प्रणालीलाई परियोजनामूखी बनाइने, व्यक्तिगत कर्जा सूचना प्रणाली र कर्जा स्कोरिङ प्रणाली विकास गरी वैज्ञानिक आधारमा कर्जा मूल्याङ्कन गर्ने व्यवस्था गरिने पनि रणनीति बनाइएको छ। नयाँ प्रविधिको प्रयोग तथा बैंक तथा वित्तीय संस्थाका शाखा र कार्यक्षेत्र विस्तारमार्फत कर्जा सेवा ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत पुर्‍याइने रणनीतिमा उल्लेख छ।

वित्तीय क्षेत्रको जोखिम व्यवस्थापन र संस्थागत सुशासनलाई मजबुत बनाउन नीतिगत तथा कार्यगत सुधार गरिनेछ। जोखिम व्यवस्थापनसम्बन्धी विद्यमान व्यवस्था समसामयिक बनाइने, सञ्चालक समिति र कार्यकारी प्रमुखको भूमिका स्पष्ट पार्दै उनीहरूलाई थप जवाफदेही बनाइनेछ। साथै पारदर्शिता र जवाफदेहिता अभिवृद्धिका लागि सञ्चालक, कार्यकारी प्रमुख तथा उच्च व्यवस्थापकहरूका लागि आचारसंहिता लागू गरिनेछ। कुलिङ पिरियडसम्बन्धी व्यवस्था परिमार्जन गरिने र हेजिङसम्बन्धी नियमावली अद्यावधिक गरिने पनि रणनीतिमा समेटिएको छ।

डिजिटल भुक्तानी प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले आफ्नै डिजिटल मुद्रा जारी गर्ने सम्भावनालाई मध्यनजर गर्दै आवश्यक पूर्वाधार निर्माण गर्नेछ। भुक्तानी प्रणालीमा हुने जोखिम न्यूनीकरण तथा अनियमितता नियन्त्रण गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोग विस्तार गरिनेछ।

रणनीतिअनुसार आर्थिक वर्ष २०८१/८२ मा कुल कर्जाको १२.८४ प्रतिशत रहेको कृषि कर्जा आगामी आर्थिक वर्ष २०८६/८७ सम्म १५ प्रतिशत पुर्‍याइने लक्ष्य लिइएको छ। त्यसैगरी मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिजिटल वालेट, क्यूआर कोडलगायत माध्यमबाट हुने विद्युतीय कारोबारको संख्या तीन गुणाले वृद्धि गर्ने योजना छ।

विशेषगरी इन्टरनेट पहुँच नभएका क्षेत्रका लागि यूएसएसडी भुक्तानी प्रविधि प्रयोगमा ल्याइनेछ। कोड डायल गरेर साधारण मोबाइल फोनबाटै भुक्तानी गर्न सकिने यो प्रणाली कार्यान्वयनमा आएसँगै डिजिटल भुक्तानी सेवा अझ समावेशी र पहुँचयोग्य बन्ने विश्वास लिइएको छ।

सरकारको यो रणनीतिले वित्तीय क्षेत्रलाई सुरक्षित, समावेशी र प्रविधिमैत्री बनाउँदै डिजिटल नेपाल निर्माणमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८२ माघ १६ गते शुक्रबार ०३:५३
प्रतिक्रिया

थप समाचार

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना