२०८३ साउन १३ गते बुधबार

पाँच वर्षमा कृषि कर्जा १५ प्रतिशत पुर्‍याउने लक्ष्य, परियोजना केन्द्रित लगानी नीति लागू गरिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १६
nrb2

काठमाडौँ: सरकारले आगामी पाँच वर्षलाई लक्षित गर्दै वित्तीय क्षेत्रको संरचनात्मक सुधार र प्रविधिमैत्री रूपान्तरणका लागि नयाँ विकास रणनीति सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको यस रणनीतिले परम्परागत बैंकिङ प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्दै डिजिटल अर्थतन्त्रतर्फ देशलाई अगाडि बढाउने लक्ष्य लिएको छ।

बैंकिङ तथा वित्तीय सेवाहरूलाई क्रमशः पूर्ण डिजिटल बनाउने, कर्जा पहुँच विस्तारका लागि मोबाइल र अनलाइन माध्यमबाट सेवा प्रदान गर्ने नियो बैंक स्थापनाका लागि आवश्यक कानुनी आधार तयार गर्नेलगायतको योजना सरकारको छ। यससँगै हालको धितोमुखी कर्जा प्रणालीलाई परियोजनामूखी बनाइने, व्यक्तिगत कर्जा सूचना प्रणाली र कर्जा स्कोरिङ प्रणाली विकास गरी वैज्ञानिक आधारमा कर्जा मूल्याङ्कन गर्ने व्यवस्था गरिने पनि रणनीति बनाइएको छ। नयाँ प्रविधिको प्रयोग तथा बैंक तथा वित्तीय संस्थाका शाखा र कार्यक्षेत्र विस्तारमार्फत कर्जा सेवा ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत पुर्‍याइने रणनीतिमा उल्लेख छ।

वित्तीय क्षेत्रको जोखिम व्यवस्थापन र संस्थागत सुशासनलाई मजबुत बनाउन नीतिगत तथा कार्यगत सुधार गरिनेछ। जोखिम व्यवस्थापनसम्बन्धी विद्यमान व्यवस्था समसामयिक बनाइने, सञ्चालक समिति र कार्यकारी प्रमुखको भूमिका स्पष्ट पार्दै उनीहरूलाई थप जवाफदेही बनाइनेछ। साथै पारदर्शिता र जवाफदेहिता अभिवृद्धिका लागि सञ्चालक, कार्यकारी प्रमुख तथा उच्च व्यवस्थापकहरूका लागि आचारसंहिता लागू गरिनेछ। कुलिङ पिरियडसम्बन्धी व्यवस्था परिमार्जन गरिने र हेजिङसम्बन्धी नियमावली अद्यावधिक गरिने पनि रणनीतिमा समेटिएको छ।

डिजिटल भुक्तानी प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले आफ्नै डिजिटल मुद्रा जारी गर्ने सम्भावनालाई मध्यनजर गर्दै आवश्यक पूर्वाधार निर्माण गर्नेछ। भुक्तानी प्रणालीमा हुने जोखिम न्यूनीकरण तथा अनियमितता नियन्त्रण गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोग विस्तार गरिनेछ।

रणनीतिअनुसार आर्थिक वर्ष २०८१/८२ मा कुल कर्जाको १२.८४ प्रतिशत रहेको कृषि कर्जा आगामी आर्थिक वर्ष २०८६/८७ सम्म १५ प्रतिशत पुर्‍याइने लक्ष्य लिइएको छ। त्यसैगरी मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिजिटल वालेट, क्यूआर कोडलगायत माध्यमबाट हुने विद्युतीय कारोबारको संख्या तीन गुणाले वृद्धि गर्ने योजना छ।

विशेषगरी इन्टरनेट पहुँच नभएका क्षेत्रका लागि यूएसएसडी भुक्तानी प्रविधि प्रयोगमा ल्याइनेछ। कोड डायल गरेर साधारण मोबाइल फोनबाटै भुक्तानी गर्न सकिने यो प्रणाली कार्यान्वयनमा आएसँगै डिजिटल भुक्तानी सेवा अझ समावेशी र पहुँचयोग्य बन्ने विश्वास लिइएको छ।

सरकारको यो रणनीतिले वित्तीय क्षेत्रलाई सुरक्षित, समावेशी र प्रविधिमैत्री बनाउँदै डिजिटल नेपाल निर्माणमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८२ माघ १६ गते शुक्रबार ०३:५३
प्रतिक्रिया

थप समाचार

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौँ: सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८३–२०८७)...

राष्ट्रिय यातायात नीति जारी: सार्वजनिक यातायातलाई पूर्ण विद्युतीय बनाउने

काठमाडौँ: सरकारले मुलुकको यातायात क्षेत्रलाई सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाउने उद्देश्यका साथ राष्ट्रिय यातायात नीति, २०८३ जारी गरेको छ। मन्त्रिपरिषद्को गत असार २४ गतेको बैठकले स्वीकृत...

भदौदेखि नयाँ बजार व्यवस्थामाथि छलफल हुने, सेबोनले नियमावली तयार गर्दै

बोर्डका अनुसार यी विषयसँग सम्बन्धित नियम, निर्देशिका तथा परामर्शपत्र साउनभित्र तयार गरिने लक्ष्य राखिएको छ। त्यसपछि भदौ महिनादेखि लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकर, सूचीकृत कम्पनी तथा अन्य...

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना