२०८३ कार्तिक २१ गते शुक्रबार

बीमा प्राधिकरण अध्यक्ष नियुक्तिका लागि नयाँ प्रक्रिया अघि बढ्दै

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, जेठ ११
Nepal Click

काठमाडौँः नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पदको नियुक्ति प्रक्रिया अब सुरु हुने संकेत देखिएको छ। केही समयदेखि विभिन्न प्राविधिक तथा नीतिगत कारणले रोकिएको प्रक्रिया अब छिट्टै अघि बढ्ने तयारी गरिएको छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टका अनुसार नियुक्ति प्रक्रियालाई अगाडि बढाउने विषयमा चाँडै बैठक बस्नेछ। उनले भने, ‘कुन प्रक्रियाबाट अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको छ। पुरानो प्रक्रिया र हालको परिवर्तित सन्दर्भलाई ध्यानमा राखेर छिट्टै निर्णय गरिन्छ।’

बीमा प्राधिकरणको अध्यक्ष पद लामो समयदेखि रिक्त रहँदा नियुक्ति प्रक्रिया सुस्त बनेको भन्दै सरकारको प्राथमिकतामाथि प्रश्न उठ्दै आएको छ।

सरकारले अध्यक्ष नियुक्तिका लागि गत वैशाखमा नयाँ सिफारिस समिति गठन गरेको थियो। प्राधिकरणका पूर्वअध्यक्ष शरद ओझालाई सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि नयाँ नियुक्ति प्रक्रिया पुनः सुरु गरिएको हो।

वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो। समितिमा अर्थसचिव डा. घनश्याम उपाध्याय सदस्य छन् भने विज्ञ सदस्यका रूपमा बीमा प्राधिकरणका पूर्वअध्यक्ष डा. फत्तबहादुर केसी रहेका छन्।

नियमअनुसार समितिले अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये पाँच जनाको ‘सर्टलिस्ट’ तयार गर्नेछ। त्यसपछि ती उम्मेदवारले पेश गर्ने व्यावसायिक कार्ययोजना र प्रस्तुतीकरणका आधारमा तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरिनेछ। मन्त्रिपरिषदले सिफारिसमध्येबाट एक जनालाई चार वर्षका लागि प्राधिकरणको कार्यकारी अध्यक्ष नियुक्त गर्ने व्यवस्था छ।

यसअघि तत्कालीन सरकारले पनि अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाएको थियो। राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीको संयोजकत्वमा गठित समितिले गत वर्ष भदौ १४ गते आवेदन आह्वान गरेको थियो। उक्त समितिमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्य डा. खोमराज खरेल रहेका थिए।

त्यतिबेला अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामार्फत भदौ २० गतेसम्म आवेदन दिने समय तोकिएको थियो। तर नयाँ समिति गठन भएसँगै अघिल्लो समितिद्वारा अघि बढाइएको सम्पूर्ण प्रक्रिया रद्द गरिएको बताइएको छ। अब डा. गुणाकर भट्ट नेतृत्वको समितिले नयाँ प्रक्रिया सुरु गर्नेछ।

बीमा प्राधिकरणको नेतृत्व लामो समयसम्म रिक्त रहँदा संस्थागत निर्णय प्रक्रियामा असर पर्न सक्ने भन्दै बीमा क्षेत्रका जानकारहरूले चासो व्यक्त गरेका छन्। उनीहरूका अनुसार बीमा बजार विस्तार, डिजिटल प्रणाली विकास, पुनर्बीमा व्यवस्थापन तथा नियामकीय सुधारजस्ता विषयमा तीव्र निर्णय आवश्यक भएकाले पूर्णकालीन नेतृत्व अपरिहार्य छ।

हाल प्राधिकरणको अध्यक्षको जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेलले सम्हालिरहेकी छन्। मन्त्रिपरिषद्को निर्णयबाट उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीका अनुसार नियमित प्रशासनिक तथा नीतिगत काम प्रभावित नभएको दाबी गरिएको छ। उनले भने, ‘मन्त्रिपरिषद्को निर्णयबाट अध्यक्षको जिम्मेवारी दिइएकाले उहाँसँग नियमित अध्यक्षसरह अधिकार छ। त्यसैले दैनिक कामकाज रोकिएको छैन।’

तर प्राधिकरण स्रोतका अनुसार सचिव पौडेलले मन्त्रालय र प्राधिकरण दुवै जिम्मेवारी सम्हाल्नुपरेकाले पूर्णकालीन नेतृत्वजस्तो सक्रियता हुन सकेको छैन। स्रोतका अनुसार काम रोकिएको नभए पनि अपेक्षित गति र निरन्तरता कायम गर्न चुनौती देखिएको छ।

बजेट भाषणपछिको समयमा सरकारले बीमा प्राधिकरणको नेतृत्व चयनलाई उच्च प्राथमिकतामा राखेको बुझिएको छ।

प्रकाशित: २०८३ जेठ ११ गते सोमबार ०६:१०
प्रतिक्रिया

थप समाचार

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना