काठमाडौँः नेपाल बैंक लिमिटेडले विभिन्न शाखामा खाता रहेका तथा हाल दिवंगत भइसकेका निक्षेपकर्ताको खातामा रहेको रकम भुक्तानी प्रक्रिया अघि बढाएको छ। यसका लागि बैंकले ३५ दिने सार्वजनिक सूचना जारी गर्दै सम्भावित हकवालालाई दाबी पेश गर्न आग्रह गरेको हो।
बैंकका अनुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १११ बमोजिम कानुनी प्रक्रिया पूरा गर्न उक्त सूचना प्रकाशित गरिएको हो।
सूचनामा उल्लेख भएअनुसार, विभिन्न समयमा मृत्यु भएका खातावालाको निक्षेप रकम प्राप्त गर्न भन्दै हकवालाबाट निवेदन परेपछि अन्य कसैको पनि दाबी वा आपत्ति भएमा सूचना प्रकाशित भएको मिति अर्थात् २०८३ जेठ १२ गतेदेखि ३५ दिनभित्र सम्बन्धित शाखामा आवश्यक प्रमाणसहित उपस्थित हुन बैंकले आग्रह गरेको छ।
निर्धारित अवधिभित्र कुनै दाबी नपरेमा बैंकले प्राप्त निवेदन तथा कानुनी प्रक्रियाअनुसार रकम भुक्तानी प्रक्रिया अघि बढाउने जनाएको छ।


