काठमाडौँः स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) सोमबार बाँडफाँड गरिएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जेठ १२ गते सेयर बाँडफाँड सम्पन्न गरेको हो।
कम्पनीले वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारणका लागि ७ लाख ७८ हजार १२५ कित्ता सेयर निष्काशन गरेको थियो। उक्त आईपीओमा २६ लाख १ हजार ८४८ जनाबाट आवेदन परेकोमा २५ लाख ५७ हजार ८५५ आवेदन योग्य ठहरिएको क्यापिटलले जनाएको छ।
मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथामार्फत शेयर बाँडफाँड गरिएको हो। जसअनुसार ७७ हजार ८१२ जनाले शेयर प्राप्त गरेका छन्। तीमध्ये ५ जनाले ११ कित्ताका दरले शेयर पाएका छन् भने बाँकी आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ १८ गते आईपीओ निष्काशनको अनुमति दिएको थियो।


