काठमाडौँ: सरकारले कृषिमा २ करोडसम्म लगानी गर्ने किसानलाई ४० प्रतिशत अनुदान दिने घोषणा गरेको छ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उनले न्यूनतम २ करोडसम्म कृषि तथा पशुजन्य उत्पादनको लागि प्रारम्भिक लगानी गर्ने किसानलाई सरकारले ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान उपलब्ध गराउने पाइलट कार्यक्रम ल्याइने बताए।
उत्पादन सुरू भएको वर्षबाट ४ वर्षसम्म यसको अनुदान १० प्रतिशतका दरले शोधभर्ना हुने जानकारी उलले दिए।


