काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन्।
उनी भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत गएका हुन्। लामिछाने जेठ २२ गते स्वदेश फर्कनेछन्।
रास्वपा प्रवक्ता मनिष झाले आइतबार नै प्रेस विज्ञप्ति जारी गरेर भ्रमणबारे बताएका थिए। लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची रहेको छ।
भ्रमण टोलीमा रविपत्नी निकिता पौडेल, प्रतिनिधिसभा सदस्य तथा रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्य, प्रतिनिधिसभा सदस्य दीपक बोहोरालगायत सहभागी छन्।
प्रकाशित: २०८३ जेठ १८ गते सोमबार ०१:४१