२०८३ कार्तिक २३ गते आईतबार

८३ करोड लगानीमा रौतहटमा अथर्व टेक्सटाइल सञ्चालनमा आउँदै, असारदेखि कपडा उत्पादन थाल्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १८
atharv

काठमाडौँ: पछिल्ला तीन वर्षयता मुलुकको अर्थतन्त्र शिथिल बनेको छ। बजारमा माग बढ्न सकेको छैन। बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जाको माग न्यून रहेको छ। तर, यही वेला डा.  शम्भुकुमार चौधरी र डा. मधु जयसवालले संयुक्त लगानीमा कपडा उद्योग सञ्चालनमा ल्याउन लागेका छन्।

अथर्व टेक्सटाइलको कारखाना पूर्वाधार बनाउन ८३ करोड रुपैयाँ लगानी भएको छ। उद्योगको ९८ प्रतिशत वित्तीय प्रगति भएको छ। उद्योग आउँदो असार अन्तिमदेखि सञ्चालनमा ल्याउने तयारी छ। उद्योगबाट परीक्षण उत्पादन पनि भइसकेको छ।

उद्योगको पूर्वाधार निर्माण झण्डै १३ महिना ढिलाइ हुन गएको छ। यसबीचमा उद्योगको लागत २८ प्रतिशत बढेको जनाएको छ। यसअघि ६४ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएकोमा बढेर झण्डै ८३ करोड रुपैयाँ पुगेको छ।

उद्योगको लागत बढेपछि लगानी संरनामा पनि परिर्तन गरिएको छ। जसअनुसार ६२ प्रतिशत ऋण र बाँकी ३८ प्रतिशत स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ। यसअघि ऋण स्वपुँजी अनुपात ६९ः३१ प्रतिशत थियो।

रौतहटको हर्सहामा कारखाना रहेको छ। उद्योगको कपडा उत्पादन क्षमता वार्षिक तीन हजार ६०० टन हुनेछ। अथर्वले बुनाई, रंगाई र प्रशोधन एकाइ स्थापना गर्दैछ। जसमा कपडा उत्पादन गर्ने योजना छ।

कपास, सिंथेटिक र मिश्रित कपडाहरू समावेश छन्। तीन बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा ताइवानबाट निटिङ मेसिन र टर्कीबाट डाइङ तथा प्रशोधन मेसिन ल्याएर जडान गरिएको छ। यसले टी शर्ट, ट्राउजर, ज्याकेट, पर्दा र बेडसिटहरू उत्पादनहरू गर्ने उद्योगले जनाएको छ।

यस्तै उद्योगले अन्तर्राष्ट्रिय मापदण्डहरू ओकेइटी टिइएक्स र जीओटीएसको पालना सुनिश्चित गर्न रोबोटिक प्रविधिमा आधारित आफ्नै प्रयोगशाला स्थापना गरेको छ। यसले उत्पादनको गुणस्तरमा एकरुपता कायम राख्न मद्दत गर्ने अथर्वले जनाएको छ।

परियोजना अझै निर्माणाधीन भएकोले यो कार्यान्वयन जोखिममा छ। परीक्षण उत्पादनको सफल कार्यान्वयन र त्यसपछि व्यावसायिक सञ्चालन र सञ्चालनको स्थिरीकरण प्रमुख हुनेछ। लागत वृद्धि, कपडा उद्योगमा तीव्र प्रतिस्पर्धासँगै, स्केलेबिलिटी, मूल्य निर्धारण शक्ति र नाफामा चुनौतीहरू खडा गर्न सक्छ। जसले परियोजनाको वित्तीय कार्यसम्पादनलाई असर गर्छ।

नेपाली कपडा उद्योगले मूल्य उतारचढाव जोखिम र विदेशी विनिमय दर उतारचढाव जोखिमको सामना गरिरहेको छ। मुख्यतया कच्चा पदार्थको स्रोतसँग सम्बन्धित। कपास, धागो, रङ र रसायन जस्ता कच्चा पदार्थहरू प्रायः आयात गरिन्छ। जसले गर्दा उत्पादकहरूलाई मुद्रा विनिमय दर उतारचढावको सामना गर्नुपरेको छ।

विनिमय दरमा अचानक परिवर्तनले आयातित सामग्रीको लागत बढाउन सक्छ। जसले गर्दा नाफा मार्जिन र समग्र प्रतिस्पर्धात्मकतामा असर पर्न सक्छ। यसबाहेक, वस्तुको मूल्यमा परिवर्तन र भूराजनीतिक कारकहरू जस्ता विश्वव्यापी बजार गतिशीलताले कच्चा पदार्थको मूल्य अस्थिरतालाई अझ बढाउन सक्छ।

खुला सिमानका कारण भारतबाट ठूलो परिमाणको कपडा चोरी पैठारी हुने गरेको उद्योगीहरूले गुनासो गर्दै आएका छन्। उनीहरूको गुनासो अहिलेसम्म सम्बोधन हुन सकेको छैन्। अथर्व टेक्सटाइल्स सन् २०२१ मा स्थापना भएको हो।

प्रकाशित: २०८३ जेठ १८ गते सोमबार ०५:३१
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना