काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति छानबिन आयोगलाई आफ्नो सम्पत्ति विवरण नबुझाउने बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आयोगलाई मान्यता नदिने र त्यसको प्रक्रियामा सहभागी नहुने स्पष्ट पारे।
ओलीले आयोग राजनीतिक पूर्वाग्रह र प्रतिशोधको भावनाले गठन गरिएको आरोप लगाउँदै आफूले बयान नदिने बताए। उनले भने, “यस्ता आयोगलाई हामी मान्यता दिँदैनौं। अरू कसैले बयान दिए पनि म बयान दिन्नँ। सम्पत्ति विवरण पनि भरेर पठाउँदिनँ। जे गर्न सक्छ, गरोस्।”
उनले वर्तमान राज्य संयन्त्र विपक्षीलाई लक्षित गरेर अघि बढिरहेको दाबी गरे। “यो राज्य होइन, पूर्वाग्रह र प्रतिशोधको पोको हो। विपक्षीलाई फसाउन यस्ता गतिविधि गरिएको छ,” उनले भने।
आफ्नो सम्पत्तिबारे टिप्पणी गर्दै ओलीले विगतमा आगलागीका कारण सम्पत्ति नष्ट भइसकेको उल्लेख गरे। “मेरो सम्पत्ति त खरानी भइसकेको छ। फेरि केको सम्पत्ति विवरणरु आगो लगाएर पुगेन, अब विवरण पनि चाहियोरु खरानी छ, उठाएर लैजा सरकार,” उनले व्यंग्यात्मक शैलीमा भने।
सम्पत्ति छानबिन आयोगप्रति असहमति जनाउँदै ओलीले आयोगको वैधानिकता र उद्देश्य दुवैमाथि प्रश्न उठाएका छन्।


