२०८३ कार्तिक २३ गते आईतबार

बिलेटका साथै स्टील उत्पादन क्षमता बढाउँदै हामा ग्रुप, विनायक स्पातमा सवा दुई लगानी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २१
steel

काठमाडौँ: अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष ०७९/०८० को बजेटमा नेपालमै बिलेट उत्पादन गर्न सहुलियत दिने योजना ल्याए। भारतबाट आयात हुने बिलेटको भन्सार बढाएपछि अधिकांश स्टील उद्योग समस्यामा परेका थिए।

नेपालमा बिलेट उत्पादन गर्न कच्चा वस्तु स्क्र्याप र स्पन्ज आइरनलाई भन्सार सहुलियत दिएपछि अधिकाँश स्टील उद्योगहरू स्वदेशमै बिलेट उत्पादन मेल्टिङ प्लान्ट राखेका छन्। हाल अधिकांश स्टील उद्योगहरू आफैले स्पन्ज र पिग आइरनबाट बिलेट उत्पादन गरिरहेका छन्।

यस्तै स्टील उत्पादनमा अग्रणी हामा ग्रुपले स्टीलको कच्चा वस्तु बिलेट उत्पादन गर्नका लागि भैरहवामा प्लान्ट स्थापनाको काम गरिरहेको छ। हाल विनायक स्पात प्रालिले बिलेट तथा स्टील उत्पादन क्षमता बढाउन पूर्वाधार निर्माण गरिरहेको छ।

हामा ग्रुपअन्र्तगतको विनायक स्पातले दुई अर्ब २७ करोड रुपैयाँ थप लगानी गरेर स्टिलको कच्चा वस्तु बिलेटका साथै टिएमटी बार उत्पादन गर्ने भएको हो।

उद्योगको हालसम्म ६४ प्रतिशत वित्तीय प्रगति भएको विनायक स्पातले जनाएको छ। ७५ प्रतिशत ऋण र बाँकी २५ प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ। उद्योगका लागि अझै ५१ प्रतिशत इक्विटी र १८ प्रतिशत ऋण व्यवस्थापन हुन बाँकी रहेको छ।

स्टील र फलाम उद्योगमा तीन दशकभन्दा बढी अनुभव भएको भगिनी संस्था हामा आइरन एण्ड स्टील इन्डस्ट्रीज प्राइभेट लिमिटेड १९८९ देखि नेपालमा ‘हामा’ ब्रान्डमार्फत स्टील उत्पादन तथा बिक्री गर्दै आएको छ।

हामा नेपाली स्टील बजारमा रुचाइएको ब्रान्ड हो। बिलेट उत्पादन हामा समूहको ब्याकवार्ड इन्ट्रिगेसन परियोजना हो। उद्योग आफैले बिलेट उत्पादन गरी अन्य उत्पादकसँगको निर्भरता घटाउने छ।

सरकारले स्क्र्याप १ प्रतिशत शुल्क र स्पन्ज आइरन २.५ प्रतिशत भन्सार शुल्क लगाएको छ। यस्तै तयारी बिलेटको आयातमा ५ प्रतिशत भन्सार शुलक छ। यसबाट उद्योगले लाभ उठाउन सक्नेछ।

हामालाई आंशिक रूपमा सुनिश्चित बिलेट बिक्री पनि प्रदान गर्नेछ। यसबाहेक, विनायक स्पात अनुकूल स्थान जस्तै नेपाल–भारत सीमा नजिक भएकाले कच्चा पदार्थ आयात गर्न सुविधा रहेको छ।

सरकारले बिलेटमा भन्सारदर बढाएपछि तत्कालिन फेरो स्टिल प्रालि बन्द भएको थियो। फेरो स्टिल हामा ग्रुपले किनेपछि विनायक स्पातका रुपमा दर्ता भएको हो। २००३ मा स्थापना भएको फेरो स्टील स्वामित्व परिवर्तन भएपछि सन् २०२२ मा निनायक इस्पात भएको हो।

निर्माणाधीन परियोजनाको रोलिङ प्लान्टको स्तरोन्नति र परिमार्जनसँगै नयाँ र आधुनिक इलेक्ट्रिक आर्क रूट निरन्तर कास्टिङ प्लान्ट पनि स्थापना गर्दैछ। उद्योगको टीएमटी बार उत्पादन क्षमता वार्षिक दुई लाख टन हुनेछ।

उद्योगको चुक्ता पुँजी २४ करोड ८० लाख रुपैयाँ छ। उद्योग पारिवारिक स्वामित्वको व्यवसाय हो। ग्रुपको अध्यक्षता बालकृष्ण श्रेष्ठले गरेका छन्। उनको विनायक स्पातमा २३ प्रतिशत हिस्सा रहेको छ।

प्रकाशित: २०८३ जेठ २१ गते बिहिबार ०८:१२
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना