२०८३ कार्तिक २२ गते शनिवार

सीजी र शेष घलेले राजधानीमा तीनवटा पाँचतारे होटल सञ्चालनमा ल्याउँदै, गरे सम्झौता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २४
photo-4_b9deb3bc

काठमाडौं। व्यवसायिक घरनाहरुले तीनवटा पाँचतारे होटल सञ्चालनमा ल्याउने भएका छन्। होटल सञ्चालनका लागि विदेशी व्यवस्थापनसँग सम्झौता गरेका छन्।

म्यारियट इन्टरनेसनल र सीजी हस्पिटालिटी ग्लोबलबीच नेपालमा दुई नयाँ अल्ट्रा लक्जरी होटल सञ्चालन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

यस्तै नेपाली मूलका अस्ट्रेलियन व्यवसायी शेष घलेले काठमाडौंको केशरमहलमा निर्माण गरिरहेको होटलसँग अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लक्जरी ब्राण्ड ‘द लक्जरी कलेक्सन’सँग सम्झौता गरेका छन्।

दुबै होटल आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो।सम्झौताअनुसार काठमाडौंमा ‘द रिट्ज–कार्लटन काठमाडौं’ र ‘द वेस्टिन काठमाडौं’ सञ्चालनमा ल्याइने भएको छ।

सम्झौतासँगै म्यारियटको पोर्टफोलियोमा करिब ३०० नयाँ कोठाहरु थपिनेछन् भने कम्पनीका विश्वप्रसिद्ध लक्जरी तथा प्रिमियम होटल ब्रान्ड पहिलोपटक नेपालको राजधानी काठमाडौंमा प्रवेश गर्ने भएका छन्। दुवै होटल सन् २०३१ सम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

सीजी हस्पिटालिटी ग्लोबल चौधरी ग्रुपको हस्पिटालिटी क्षेत्रको प्रमुख व्यावसायिक इकाइ हो। चौधरी ग्रुप र म्यारियट इन्टरनेसनलबीच दक्षिण एसियाका विभिन्न हस्पिटालिटी परियोजनामा सहकार्य रहँदै आएको छ। नयाँ सम्झौताले दुई कम्पनीबीचको सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

होटल परियोजना चौधरी ग्रुप, आईआईजी ग्रुप, आईजे ग्रुप र शर्मा एण्ड कम्पनीको साझेदारीमा निर्माण हुने जनाइएको छ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा म्यारियट इन्टरनेसनलका बोर्ड अध्यक्ष डेभिड म्यारियट, चौधरी ग्रुप तथा सीजी हस्पिटालिटी ग्लोबलका अध्यक्ष विनोद चौधरी, सीजी कर्प ग्लोबल तथा सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी लगायतको उपस्थिति रहेको थियो ।

द रिट्ज–कार्लटन काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब पाँच किलोमिटर दूरीमा निर्माण हुनेछ।

होटल ठमेल, नारायणहिटी दरबार सङ्ग्रहालय, काठमाडौं दरबार क्षेत्र, स्वयम्भूनाथ स्तूप तथा पशुपतिनाथ मन्दिरजस्ता प्रमुख पर्यटकीय तथा सांस्कृतिक सम्पदास्थल नजिक रहने बताइएको छ।

त्यसैगरी, द वेस्टिन काठमाडौं विमानस्थलबाट करिब सात किलोमिटर दूरीमा रहनेछ। होटलमा १५० प्रिमियम रुम तथा सुइट, तीन वटा डाइनिङ स्थल, फिटनेस स्टुडियो, स्पा, रूफटप स्विमिङ पुल तथा ७०० वर्गमिटरभन्दा बढी क्षेत्रफलको बैठक तथा बैंक्वेट सुविधा रहनेछ। वेस्टिन ब्रान्डको विशेष वेलनेस अवधारणाअनुसार होटल विकास गरिने जनाइएको छ।

म्यारियट र सीजी हस्पिटालिटीबीचको सहकार्य पछिल्ला वर्षहरूमा तीव्र रूपमा विस्तार भइरहेको छ। भारतमा ‘सिरिज बाई म्यारियट’ अन्तर्गत ७५ भन्दा बढी होटल सम्झौता सम्पन्न भइसकेका छन् भने विभिन्न अन्तर्राष्ट्रिय बजारमा समेत संयुक्त परियोजनाहरू अघि बढाइएका छन्।

म्यारियट इन्टरनेसनल विश्वकै अग्रणी हस्पिटालिटी कम्पनीमध्ये एक हो। कम्पनीले १४१ देश तथा क्षेत्रमा नौ हजार १०० भन्दा बढी होटल सञ्चालन गर्दै आएको छ।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष घलेले निर्माण भइरहेको होटलको व्यवस्थापनमा म्यारियटअन्तर्गतको लक्जरी होटल ‘द लक्जरी कलेक्सन होटल’ ल्याउने गरी म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियटको उपस्थितिमा सम्झौता गरेका हुन्।

१२ वर्षअघिबाट केशरमहलमा निर्माण भइरहेको उक्त होटल परिसरमा अध्यक्ष डेभिड म्यारियटलाई स्वागत गरेका थिए। उनले होटलको भ्रमण गर्दै नयाँ रुपमा अघि बढ्ने प्रतिवद्धता पनि जनाएका छन्।

घलेले हालसम्मकै सबैभन्दा लक्जरी ब्राण्ड नेपाल भित्र्याउने र होटल २०२६ को अक्टोबरदेखि सञ्चालनमा आउने जनाइएको छ।

घलेले यसअघि नेपालमा हालसम्मकै सबैभन्दा लक्जरी ब्राण्ड ल्याएर नेपालमा महँगा पर्यटकलाई ल्याउने घोषणा गरेका थिए। सबैभन्दा लक्जरी ब्राण्ड ल्याएर धेरैभन्दा धेरै खर्चालु पर्यटक नेपालमा ल्याउने चाहनाअनुसार म्यारियटको द लक्जरीसँग सम्झौता गरेको जनाइएको छ।

निर्माणधीन होटलमा यसअघि म्यारियटअन्तर्गतकै सेराटन ल्याउने गरी सम्झौता गरेका थिए। तर, निर्माण अवधि लम्बिएको भन्दै सेराटन बीचमै फर्किएको थियो। १३ रोपनी क्षेत्रफलमा निर्माण भएको होटल विभिन्न कारणले ढिलाई हुँदा लगानीसमेत बढेको जनाइएको छ।

२२५ वटा कोठा रहने होटल बेसमेन्टबाहेक १७ तलाको रहेको छ। होटलमा दुई हजार जना अट्ने क्षमताको बैक्युट हल, दुई वटा सभाहल, तीन वटा बैठक हल, चार वटा रेष्टुरेन्ट, फिटनेस क्लब, स्पा, इन्फिनिटिभ स्विमिङलगायतका सुविधाहरु सञ्चालन हुनेछ। म्यारियट बोनभोयको सबैभन्दा लक्जरी ब्राण्डको रुपमा द लक्जरी कलेक्सन रहेको छ।

प्रकाशित: २०८३ जेठ २४ गते आईतबार ०८:३२
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना