२०८३ कार्तिक २२ गते शनिवार

विधान गायब भएको आरोपबारे इप्पानद्वारा खण्डन, साधारणसभा वैधानिक रूपमा हुने दाबी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २५
ippan

काठमाडौँ: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आफ्नो विधान गायब भएको तथा विधानविपरीत साधारणसभा आयोजना गर्न लागिएको भन्ने आरोपको खण्डन गरेको छ।

इप्पानले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा हाल संस्थामा ७०० भन्दा बढी कम्पनी सदस्य आबद्ध रहेको उल्लेख गर्दै आगामी जेठ २९ गते २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन आयोजना हुन लागेको जनाएको छ।

विज्ञप्तिअनुसार २०८० जेठ ३२ गते सम्पन्न २१औँ वार्षिक साधारणसभाले भानुभक्त पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय विधान संशोधन तथा पुनर्लेखन समिति गठन गरेको थियो। उक्त समितिले संस्थालाई महासंघमा रूपान्तरण गर्ने प्रस्तावसहितको प्रतिवेदन २०८२ जेठ २९ गते पेश गरेको थियो। त्यसपछि २०८२ असार ३१ गते सम्पन्न २३औँ वार्षिक साधारणसभाले सो प्रतिवेदनमाथि छलफल गर्दै कार्यान्वयनका लागि अध्यक्षलाई अख्तियारी दिएको इप्पानले जनाएको छ।

तर, अध्यक्षले महासंघमा रूपान्तरणको प्रक्रिया अघि बढाउन नसक्ने निष्कर्षसहित २०८३ वैशाख ४ गते बसेको २००औँ कार्यसमिति बैठकले विद्यमान विधान २०७८ अनुसार २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

यसैबीच, २०८३ जेठ २५ गते सम्पन्न २०३औँ कार्यसमिति बैठकले विधान संशोधनको प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको छ। प्रस्तावअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाइने तथा विधानअनुसार योग्य भएका कार्यसमितिका सदस्यलाई अध्यक्ष पदमा उम्मेदवारी दिन पाउने व्यवस्था गरिनेछ। अन्य सबै पदमा खुला प्रतिस्पर्धामार्फत उम्मेदवारी दिन सकिने व्यवस्था प्रस्ताव गरिएको इप्पानले जनाएको छ।

इप्पानले संस्थाका उपमहासचिव प्रकाशचन्द्र दुलालले सार्वजनिक रूपमा ‘विधान गायब भएको’ तथा ‘विधानविपरीत साधारणसभा गर्न लागिएको’ जस्ता आरोप लगाएको भन्दै त्यसको घोर भर्त्सना गरेको छ। समितिको प्रतिवेदन सचिवालयमा सुरक्षित रहेको र विधानबारे विभिन्न व्यक्तिबाट प्राप्त सुझावसमेत अभिलेखमा रहेको इप्पानको दाबी छ।

संस्थाले ऊर्जा व्यवसायीहरूको साझा संगठनका रूपमा आफू विधानको परिपालनाप्रति गम्भीर रहेको बताउँदै यस्ता आरोपहरू निराधार र कपोलकल्पित भएको जनाएको छ।

इप्पानले आगामी जेठ २९ गते कार्यसमितिको निर्णयअनुसार वैधानिक रूपमा साधारणसभा तथा अधिवेशन आयोजना गर्न लागिएको जानकारी दिँदै यस सम्बन्धमा जेठ ९ र १० गते सार्वजनिक सूचना प्रकाशित भइसकेको उल्लेख गरेको छ। साथै, भ्रमपूर्ण प्रचारमा नलाग्न र साधारणसभा तथा अधिवेशनलाई सफल बनाउन सबै सदस्य तथा सरोकारवालालाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।

प्रकाशित: २०८३ जेठ २५ गते सोमबार १२:२५
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

तातोपानी नाका अवरुद्ध हुँदा फलफूलको मूल्यमा चाप, उपभोक्तासँगै व्यवसायी पनि मारमा

काठमाडौँः चीनसँगको तातोपानी नाका नियमित सञ्चालन हुन नसक्दा फलफूल आयातको ढुवानी लागत बढेको छ । यसको प्रत्यक्ष असर फलफूलको मूल्य, व्यवसायीको कारोबार र उपभोक्ताको भान्सासम्म परेको छ । नेपाल...

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ पनि जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

सरकारी बेरुजुको आधाभन्दा बढी हिस्सा म्याद नाघेको पेस्कीमा, पूर्वाधार मन्त्रालयमा सबैभन्दा धेरै

काठमाडौँः सरकारी निकायहरूमा देखिएको बेरुजुमध्ये आधाभन्दा बढी हिस्सा म्याद नाघेको पेस्कीको रहेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयको आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदनअनुसार...

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना