काठमाडौँः नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दीपक बराललाई सुम्पिएको छ।
निगमका तत्कालीन कार्यकारी निर्देशक चण्डिका भट्टको राजीनामापछि नागेन्द्र साहलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो। तर, साह गत साता अवकाशमा गएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्म बराललाई उक्त जिम्मेवारी प्रदान गरेको हो।
हाल निगममा उपप्रबन्ध निर्देशकका रूपमा कार्यरत बरालले संस्थाभित्र लामो समयदेखि प्राविधिक तथा प्रशासनिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। उनले निगमका विभिन्न इन्जिनियरिङ परियोजनाको नेतृत्व गर्नुका साथै सूचना प्रविधि विभागको प्रमुखको जिम्मेवारीसमेत सम्हालेका थिए।
मन्त्रालयको निर्णयसँगै बरालले अब निगमको दैनिक प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्व सम्हाल्नेछन्।


