२०८३ कार्तिक २२ गते शनिवार

द रिट्च कार्लटनको उपस्थितिले अर्बपतिहरूको गन्तव्य नेपाल बन्न सक्छ: अर्थमन्त्री

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २६
photo_ff3b974e

काठमाडौं। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय लक्जरी होटेल ब्रान्ड ‘द रिट्च कार्लटन’ नेपाल भित्रिनु सुखद भएको बताएका छन्।

सोमबार अर्थ मन्त्रालयमा म्यारियट इनटरनेशनलका अध्यक्ष डेभीस म्यारियट र नेपाली साझेदार चौधरी समूहका व्यवस्थापकहरूसँगको भेटमा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन्।

काठमाडौंको ठमेलमा चौधरी समूहसँगको साझेदारीमा द रिट्च कार्लटन होटेल सञ्चालन गर्ने घोषणा गरेको दोस्रो दिन उनीहरुबीच मन्त्रालयमा भेटघाट भएको हो।

भेटमा अर्थमन्त्री डा.वाग्लेले अध्यक्ष डेभिस म्यारियटलाई नेपालमा व्यवसाय विस्तार गरेर विश्वका धनाढ्यहरूका नेपाल गन्तव्य थपिदिएकामा धन्यवाद दिए।

द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्ब पतिहरूको गन्तव्य नेपाल बन्न सक्ने पनि उनले बताए।

नयाँ सरकारले लगानी मैत्री वातावरणका लागि काम गरिरहेको भन्दै अर्थमन्त्री डा.वाग्लेले म्यारियट र द रिट्च कार्लटनलाई काठमाडौं बाहिर पनि व्यवसाय विस्तार गर्न आग्रह गरे।

लगानी सुरक्षा र प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार एवम् कानुनी सहजिकरणमा सरकारले पूर्ण सहयोग गर्ने वचन पनि अर्थमन्त्रीले लगानीकर्तालाई दिए।

अर्थमन्त्रीसँगको भेटमा अध्यक्ष डेभिस म्यारियटले नेपालको विश्व स्तरीय पथ प्रदर्शक गन्तव्य र हिमालको देश भएको र त्यसलाई विश्व बजारमा थप फैलाउने काम द रिट्च कार्लटनले गर्ने बताए ।

नेपालमा द रिट्च कार्लटन घोषणा गर्न पाउँदा अत्यन्तै खुसी मिलेको भन्दै उनले थप लगानी विस्तार गर्ने प्रतिबद्धता पनि जनाए।

‘नेपाल प्रचुर पर्यटन सम्भावनाको देश हो। विश्व स्तरीय ट्रेकिङ गन्तव्य र हिमालको देशलाई द रिट्च कार्लटनको उपस्थितिले सुखद सन्देश दिनेछ,’ अध्यक्ष डेभिस म्यारियटले भने।

भेटमा सिजी हस्पिटालिटी होल्डिङस् तथा सिजी क्रप ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले नेपाल लगानी अवसरहरूको प्रचुर सम्भावनाको मुलुक रहेको बताए। नयाँ सरकार बनेपछि लगानीकर्तामा उत्साह थपिएको भन्दै उनले सरकारबाट यथेष्ट साथ र सहयोग अपरिहार्य रहेको बताए।

भेटमा सिजी क्रप ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र म्यारियट एशिया प्याशेफिक (चीन बाहेक) का अध्यक्ष राजीव मेनन र अर्थमन्त्रीको सचिवालयका प्रतिनिधि सहभागी थिए।

प्रकाशित: २०८३ जेठ २६ गते मङ्गलबार ०७:४१
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना