काठमाडौँ: काठमाडौं महानगर प्रहरी बलले वडा नम्बर १ जमल क्षेत्रमा फुटपाथ खनेर क्षति पुर्याएको आरोपमा जरिवाना तिराएको छ।
नगर प्रहरीले आज एक सूचना जारी गर्दै शेर्पा होल्डिङ फूड एण्ड बेभरेज प्रालिलाई एक लाख रुपैयाँ जरिवाना गरेको हो।
महानगर प्रहरीका अनुसार जमलस्थित फुटपाथमा अनुमति बिना खनि क्षति पुर्याउने कार्य भएको पाइएपछि कम्पनीमाथि कारबाही गरिएको हो।


