काठमाडौँ: गृहमन्त्रालयको नेतृत्वमा पुन: सुदन गुरुङ फर्किने भएका छन्। प्रधानमन्त्री कार्यालय स्रोतकाअनुसार उनलाई गृहमन्त्रीमा नियुक्त गर्न लागिएको हो।
मन्त्री नियुक्त भएर आजै शपथ ग्रहणको तयारी रहेको छ। स्रोतकाअनुसार दिउँसो ३ बजे गुरुङले मन्त्रीको शपथ लिनेछन्।
विवादित व्यवसायी दीपक भट्टको कम्पनीसँग कनेक्सन देखिएको आरोप लागेपछि गुरुङले गत वैशाख ९ गते राजीनामा दिएका थिए। सरकारले गठन गरेको समितिले सुदनमाथि लागेका आरोपजस्तो समस्या नदेखिएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ।


