२०८३ कार्तिक २२ गते शनिवार

औद्योगिक क्षेत्रका ५०० भन्दा धेरै उद्योगलाई सात दिनभित्र बक्यौता तिर्न अन्तिम ताकेता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २६
industry_byabsthapan

काठमाडौँ: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले देशभरका विभिन्न औद्योगिक क्षेत्रमा सञ्चालित उद्योग, व्यापारिक प्रतिष्ठान र कार्यालयहरूलाई वर्षौंदेखिको बाँकी बक्यौता रकम सात दिनभित्र चुक्ता गर्न अन्तिम चेतावनी दिएको छ। लिमिटेडको केन्द्रीय कार्यालय बालाजुले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै पाटन, बालाजु, हेटौंडा, पोखरा, बुटवल, नेपालगन्ज, भक्तपुर, राजविराज (गजेन्द्रनारायण सिंह) र वीरेन्द्रनगर औद्योगिक क्षेत्रका सयौं उद्योगहरूको नाम र उनीहरूले तिर्नुपर्ने बक्यौता विवरण सार्वजनिक गरेको हो।

उद्योगहरूले औद्योगिक क्षेत्रभित्र प्रयोग गरेबापतको जमिन तथा भवन बहाल, विद्युत महसुल, पानी महसुल र अन्य सेवा शुल्क बापतको ठूलो रकम लामो समयदेखि नबुझाएपछि लिमिटेडले कडा कदम चालेको हो। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र उद्योग मन्त्रालयको २०८३ जेठसम्मको तथ्याङ्क अनुसार सबैभन्दा बढी बक्यौता बालाजु औद्योगिक क्षेत्रको देखिएको छ। जहाँका १५१ उद्योगहरूले कुल ४३ करोड ९८ लाख ६७ हजार रुपैयाँ तिर्न बाँकी छ। त्यसैगरी, हेटौंडा औद्योगिक क्षेत्रका १३१ उद्योगको २० करोड ९० लाख ३१ हजार र पाटन औद्योगिक क्षेत्रका ९४ उद्योगको १० करोड ९० लाख ४८ हजार रुपैयाँ बक्यौता रहेको छ।

अन्य क्षेत्रहरूमा बुटवलका ५८ उद्योगको ४ करोड ५७ लाख ८५ हजार, पोखराका ७१ उद्योगको ४ करोड ४१ लाख, र भक्तपुरका १७ उद्योगको १ करोड ७१ लाख ६८ हजार रुपैयाँ उठ्न बाँकी छ। नेपालगन्जमा १ करोड ३४ लाख २५ हजार, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा ६३ लाख ३२ हजार र विरेन्द्रनगरमा ६ लाख ६२ हजार रुपैयाँ बक्यौता देखिएको छ।

लिमिटेडले पटक–पटक पत्राचार र ताकेता गर्दा पनि उद्योगहरूले महसुल बुझाउन आलटाल गरेपछि सार्वजनिक सूचना नै निकालेर सात दिनको समयसीमा तोकेको हो। बक्यौता रकम नबुझाउँदा औद्योगिक क्षेत्रभित्र पूर्वाधार निर्माण, मर्मत सम्भार र सेवा सुविधाहरू उपलब्ध गराउन कठिनाइ भएको लिमिटेडको भनाइ छ। बक्यौता नतिर्नेहरूको सूचीमा मुलुकका प्रतिष्ठित व्यावसायिक घरानादेखि साना उद्योगसम्म गरी ६०० भन्दा बढी फर्महरू रहेका छन्।

तोकिएको सात दिनको अवधिभित्र बाँकी रहेको सम्पूर्ण बक्यौता रकम दाखिलागरी राफसाफ नगरेमा लिमिटेडले सम्झौताका सर्तहरू र नियमानुसार कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ। यस प्रक्रियाअन्तर्गत उद्योगलाई उपलब्ध गराइँदै आएका जग्गा, भवन, विद्युत्, पानी जस्ता अत्यावश्यक सेवा सुविधाहरू कटौती गर्नेदेखि लिएर उद्योगसँगको सम्झौता नै खारेज गर्नेसम्मका कारबाही हुन सक्ने सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित: २०८३ जेठ २६ गते मङ्गलबार १२:३६
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना