२०८३ कार्तिक ११ गते मङ्गलबार

नेपालमा विश्वकप फुटबलको रौनक: जर्सी र खेल सामग्री किनमेल गर्न पसलहरू भरिभराउ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २६
photo-28_e3e6f08e

काठमाडौँ: फिफा विश्वकप फुटबल २०२६ सुरु हुनुपूर्व नेपालमा यसको रौनक सुरु भएको छ। होटल, रेष्टुरेन्ट, इन्टरनेट सेवा प्रदायकहरूले विशेष योजना अगाडि सारेका छन्। त्यो भन्दापनि नेपालमा विश्वकप सहभागी देशका खेलाडीहरूले प्रयोग गर्ने जर्सी र खेल सामग्रीहरूको व्यापार चम्किएको छ।

ठूला–साना सहरका पसलहरूमा जर्सी र खेल सामग्री खरिद गर्नेहरूको भीड देख्न सकिन्छ। विशेषगरी काठमाडौं उपत्यकाको न्यूरोड, महावौद्ध, असन, लगनखेल क्षेत्रमा जर्सी खरिद गर्नेहरूको भीड बढेको छ। आफूले समर्थन गरेको टीमले प्रयोग गर्ने जर्सी खरिदका लागि फुटवलप्रेमीहरू पसलमा भेटिने गरेका छन्।

फिफा विश्वकप फुटबलको २३औं संस्करण २०२६ जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुँदैछ। तीन देशले आयोजना गर्न लागेको यस प्रतियोगितामा ३९ दिनसम्म रोमाञ्चक भिडन्त हुनेभएको छ।

उत्तर अमेरिकी देशमा प्रतियोगिता हुने भए पनि नेपालमा यसको रौनक दिनहुँ बढिरहेको छ। काठमाडौँ न्यूरोडस्थित हिमालयन अक्स स्पोर्टलगायतका पसलहरूमा नेपाल न्यूज बैंकको टोली पुग्दा फुटवल समर्थकहरूले आफ्नो टीमको जर्सी खरिदमा व्यस्त देखिन्थे।

पसलमा भेटिएका सरोज राई अर्जेन्टिनाका समर्थक हुन्। जर्सी र अन्य सामग्री खरिद गरिरहेका उनले विश्वकप सुरु हुन लागेकोमा बढी उत्साहित छन्। उनी साथीभाइसँग जम्मा भएर ठूलो पर्दामा वा आवश्यकता अनुसार मोबाइलमै भए पनि फुटबलको मजा लिने सोचमा रहेको सुनाउँछन्।

अर्का अनिल प्रधान सानैदेखि फुटबल खेलका पारखी हुन्। प्रधान विश्वकप हेर्न आतुर छन्। सबै टीमलाई सम्मान गर्ने उनी, कुनै दिन नेपाल पनि विश्वकपमा पुगेको हेर्न चाहन्छन्।

यस्ता ठूला प्रतियोगिताले बालबालिकाहरूलाई खेलकुदबारे बुझ्न र सिक्न थप ऊर्जा र प्रेरणा दिने उनको बुझाइ छ। न्यूरोडको हिमालयन अक्स स्पोट्र्समा जर्सी र खेलकुद सामग्रीको व्यापक माग बढेको पनि पसल संचालनको भनाइ छ।

विगत एक हप्तादेखि पसलमा जर्सी र खेलकुद सामग्री किन्न आउनेहरूको चहलपहल निकै बढेको सञ्चालक महेन्द्र अधिकारीले बताए। पसल सञ्चालक अधिकारीका अनुसार अहिले बजारमा सबैभन्दा बढी माग पोर्चुगल र अर्जेन्टिनाको जर्सीको छ। क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीका फ्यानहरूका कारण बालबालिकादेखि वयस्कसम्मले यी देशका जर्सी बढी रुचाइरहेका छन्। पोर्चुगलका कतिपय जर्सीहरू त स्टक सकिने अवस्थामा पुगेका छन्।

यसबाहेक स्पेन र ब्राजिल (विशेष गरी ब्राजिलको कालो अवे जर्सी) को पनि राम्रो माग छ। काठमाडौँकै होलसेल बजारबाट कलेक्सन गरेर सामान ल्याइने हुनाले ग्राहकको माग धान्न हरसम्भव प्रयास भइरहेको उनले बताए।

उनले खेलकुदका सामग्री किन्न पुरुषहरू मात्र नभएर महिला ग्राहकहरू पनि उत्तिकै संख्यामा आउने गरेको बताए। यहाँ बच्चादेखि ठूलासम्मका लागि रु. ७०० देखि रु. २२०० सम्मका विभिन्न रेन्ज र क्वालिटीका जर्सीहरू उपलब्ध छन्। आफ्नो बजेट अनुसार सामान पाइने भएकाले ग्राहकहरू खुसी भएर फर्कने गरेका छन्।

खेलप्रेमीहरूका लागि विश्वकपको माहोल एउटा ‘कुम्भ मेला’ वा दशैँजस्तै बनेको छ, जहाँ फुटबल नहेर्नेहरू पनि रमाइलोका लागि जर्सी किन्न पसल धाइरहेका छन्। अन्तर्राष्ट्रिय खेलहरू, ओलम्पिक वा ठूला क्लब म्याचहरू सुरु भएपछि खेलकुद सामग्रीको बिक्री ह्वात्तै बढ्छ। फुटबलबाहेक नेपालमा क्रिकेटको क्रेज पनि निकै ठुलो छ।

नेपालको राष्ट्रिय क्रिकेट टोलीको जर्सी त सिजन होस् या अफ–सिजन, विदेश जाने नेपालीहरूले सधैँ लैजाने गर्छन्। हिमालयन अक्स स्पोट्र्सले जर्सीका साथै होम जिमका सामानहरू (डम्बेल, बल) र ब्याडमिन्टनका एसेसरिजहरू पनि बिक्री गर्दै आएको छ। अधिकारी भन्छन्,‘ग्राहकको सन्तुष्टि नै हाम्रो मुख्य व्यापार हो।’

काठमाडौंमा मात्र होइन देशभरका खेलकुद सामग्री पाइने ‘स्पोर्टस सेन्टर’हरूमा जर्सीको व्यापार चम्किएको छ। उद्घाटन खेल सुरुहुनु दुई दिनअघि जर्सी पसलदेखि चिया पसल र रेस्टुरेन्टदेखि ठूलो होटलहरूमा समेत प्रतियोगिता लक्षित योजना र गफले माहोल तताएको छ।

विश्वकप फुटवलको अघिल्ला संस्करणमा ३२ टोली सहभागी हुने गरेकोमा यस पटक ४८ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। प्ले–अफका खेलहरू सकिएसँगै सहभागी सबै ४८ देशको टुंगो लागिसकेको छ। सहभागी टोलीलाई ४–४ टोली रहने गरी १२ वटा समूहमा (समूह ’ए’ देखि ’एल’ सम्म) विभाजन गरिएको छ।

टोली संख्या बढेसँगै नकआउटमा ’राउन्ड अफ ३२’ को नयाँ चरण थपिएको छ। समूह चरणका ७२ खेल र नकआउट चरणसहित यस विश्वकपमा कुल १०४ खेल हुनेछन्।

अघिल्लो २०२२ को विश्वकपको तुलनामा फिफाले यसपटक पुरस्कार राशिमा उल्लेखनीय वृद्धि गर्दै कुल ६५ करोड ५० लाख अमेरिकी डलर पुर्‍याएको छ। प्रतियोगिताको उपाधि जित्ने टोलीले इतिहासकै सर्वाधिक ५ करोड अमेरिकी डलर (करिब रु. ७ अर्बभन्दा बढी) प्राप्त गर्नेछ।

प्रकाशित: २०८३ जेठ २६ गते मङ्गलबार ०४:५६
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना