२०८३ कार्तिक २२ गते शनिवार

उपाध्यक्ष पाण्डेको सम्बोधनः श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २७
prabal

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारका विद्यमान परिवर्तन र चुनौतीहरूको सामना गर्न व्यवहारिक नीतिगत लचकता, उद्यम उत्पादकत्व वृद्धि र सुदृढ त्रिपक्षीय सहकार्यको आवश्यकतामा जोड दिएका छन्।

स्विट्जरल्याण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ११४औं सत्रलाई नेपालको रोजगारदाता परिषदको तर्फबाट मंगलबार सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले उक्त कुरा बताएका हुन्।

विश्वभरका प्रतिनिधिहरू, विशिष्ट व्यक्तित्वहरू तथा सामाजिक साझेदारहरू माझ आफ्नो मन्तव्य राख्दै उपाध्यक्ष पाण्डेले नेपाल हाल महत्वपूर्ण आर्थिक संक्रमणको चरणबाट गुज्रिरहेको उल्लेख गरे।

सरकारले सुशासन, लगानी प्रवद्र्धन तथा पूर्वाधार विकासमा प्रतिबद्धता देखाए पनि आन्तरिक बजारमा सुस्त आर्थिक वृद्धि, सीमित औद्योगिक विकास र बढ्दो व्यावसायिक लागत जस्ता चुनौतीहरू कायमै रहेको तर्फ उनले विश्व समुदायको ध्यानाकर्षण गराए।

“नेपालको युवा जनशक्ति रोजगारीका लागि निरन्तर वैदेशिक गन्तव्यतर्फ पलायन भइरहेको छ। यो चिन्ताको विषय हो। उनले भने, लगानीमैत्री नीति, सीप विकास र शिक्षालाई श्रम बजारको वास्तविक मागसँग जोडेर स्वदेशमै मर्यादित एवं उत्पादकमूलक रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्दछ।”

परिवर्तित विश्व परिवेश र डिजिटल अर्थतन्त्रको चर्चा गर्दै उपाध्यक्ष पाण्डेले नेपालमा पनि अनलाइन व्यवसाय, राइड–शेयरिङ र डेलिभरी प्लेटफर्म जस्ता डिजिटल सेवाहरूमा युवाहरूको संलग्नता तीव्र रूपमा बढिरहेको जानकारी दिए। यसले उद्यमशीलताका नयाँ अवसरहरू ल्याए तापनि श्रम मापदण्ड र सामाजिक सुरक्षाका विषयहरूमा नयाँ बहस सिर्जना गरेको उनको भनाइ थियो।

नेपाल जस्ता विकासशील देशहरूलाई कठोर विश्वव्यापी मापदण्ड थोपर्नुको सट्टा आफ्नो राष्ट्रिय यथार्थ, संस्थागत क्षमता र आर्थिक अवस्था अनुरूप श्रम सुधार एवं कानुनी व्यवस्थाहरू लागू गर्न आवश्यक लचकता दिनु पर्नेमा उनको जोड थियो।

उनले नेपाली रोजगारदाताहरूका तर्फबाट अघि सारिएका प्रमुख प्राथमिकताहरू र कार्यान्वयन भइरहेका प्रयासहरूको विवरणसमेत प्रस्तुत गरे। राष्ट्रिय व्यावसायिक सुरक्षा तथा स्वास्थ्य कार्ययोजना लागू भएपश्चात् रोजगारदाताहरूमा सुरक्षित र स्वस्थ कार्यस्थल सामाजिक जिम्मेवारी मात्र नभई उत्पादकत्व, दिगोपन र व्यावसायिक प्रतिस्पर्धात्मकताका लागि अपरिहार्य तत्व रहेको चेतना बढेको बताए। यस अन्तर्गत चिया र अलैंची जस्ता क्षेत्रहरूमा विशेष निर्देशिकाहरू निर्माण गरी प्रारम्भिक कार्यहरू सुरु भइसकेको जानकारी पाण्डले दिए।

यसका साथै, महासंघले छनोट गरिएका उद्योगहरूमा “केयर मोडल” को पाइलट प्रोजेक्ट सफलतापूर्वक सुरु गरिसकेको भन्दै यसले विशेषगरी महिलाहरूका लागि रोजगारीका अवसर सिर्जना गर्न र कार्यस्थलमा सामाजिक समावेशीकरण तथा सामुदायिक कल्याण बढाउन ठूलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

बाढी, पहिरो र मौसम परिवर्तनका कारण उद्योग, कृषि र जीविकोपार्जनमा परेको गम्भीर असरलाई मध्यनजर गर्दै उपाध्यक्ष पाण्डेले कार्यस्थलको भविष्य सम्बन्धी विश्वव्यापी छलफलहरूमा हरित रोजगारी र जलवायु जोखिममा रहेका नेपाल जस्ता मुलुकहरूलाई प्राविधिक सहयोग गर्ने विषय समेटिनुपर्नेमा जोड दिए।

त्यसैगरी, मध्यपूर्वमा जारी भू–राजनीतिक तनावले नेपाल जस्तो विप्रेषण, आयात र पर्यटनमा निर्भर अर्थतन्त्रलाई प्रत्यक्ष प्रभाव पारिरहेको अवस्थामा रोजगारीको रक्षा गर्न, व्यवसायको निरन्तरता सुनिश्चित गर्न र आपसी संवाद सुदृढ बनाउन रोजगारदाताहरूको भूमिका महत्वपूर्ण हुने उनले उल्लेख गरे।

उपाध्यक्ष पाण्डेले उद्यमहरूको उत्पादकत्व वृद्धि, कार्यस्थल सहकार्य, सीप विकास र नवप्रवर्तन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सँग दीर्घकालीन प्राविधिक सहयोगको माग गरेका छन्। महासंघ सामाजिक संवाद, सहकार्य र मर्यादित श्रमप्रति पूर्ण प्रतिबद्ध रहेको दोहोर्‍याउँदै उनले आपसी विश्वास, साझेदारी र सन्तुलित नीतिमार्फत आर्थिक वृद्धि र श्रम अधिकारलाई सँगसँगै अगाडि बढाउन सकिने विश्वास व्यक्त गरे।

 

प्रकाशित: २०८३ जेठ २७ गते बुधबार ०८:१४
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना