२०८३ कार्तिक ११ गते मङ्गलबार

रोनाल्डोको अन्तिम विश्वकप: पोर्चुगोललाई जित दिलाउने दबाब, समूह चरणमै कोलम्बियाको चुनौती

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २७
ronaldo

काठमाडौँ: विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोका लागि आगामी विश्वकप विशेष हुने भएको छ। ४१ वर्षको उमेरमा उनी आफ्नो करियरको अन्तिम विश्वकप खेल्ने तयारीमा छन्। जहाँ विश्वकप उपाधि जित्ने उनको अन्तिम अवसर रहनेछ।

विश्वकपको इतिहासमा पोर्चुगलतको उत्कृष्ट प्रदर्शन तेस्रो स्थान हो, जुन १९६६ मा हासिल गरेको थियो। २०२२ को विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलसम्म पुगेको थियो। सन् २०१६ को युरोकप उपाधि जिते पनि हालसम्म पोर्चुगलले विश्वकप जितेको छैन।

पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। पोर्चुगलका लागि २२६ खेल खेल्दै उनले कीर्तिमानी १४३ गोल गरेका छन्। यद्यपि, ह्यामस्ट्रिङको चोटका कारण बितेको सिजन उनको प्रदर्शन अपेक्षाअनुसार हुन सकेन। साउदी क्लब अल नासरबाट खेलेका उनले चोटकै कारण केही महत्वपूर्ण खेल पनि गुमाएका थिए।

रोनाल्डोले यसअघि नै आगामी विश्वकप आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरिसकेका छन्। अर्जेन्टिनाका लियोनेल मेसीसँगै उनी लगातार छैटौं विश्वकप खेल्ने दुर्लभ कीर्तिमान बनाउन पनि तयार छन्।

समूह चरणमा पोर्चुगलले कोलम्बिया, उज्वेकिस्तान र कंगोसँग प्रतिस्पर्धा गर्नेछ। कोलम्बियाविरुद्धको खेल चुनौतीपूर्ण हुने अपेक्षा गरिए पनि उज्वेकिस्तान र कंगोविरुद्ध पोर्चुगललाई बलियो दाबेदारका रूपमा हेरिएको छ।

फिफा विश्व वरीयताको पाँचौं स्थानमा रहेको पोर्चुगल पछिल्ला केही नतिजाका कारण दबाबमा छ। युरोपेली छनोटअन्तर्गत आयरल्यान्डसँग २–० ले पराजित भएको खेलमा रोनाल्डोले रातो कार्ड समेत सामना गरेका थिए। उता, कोलम्बियाका कप्तान तथा स्टार मिडफिल्डर हामेस रोड्रिग्वेज टोलीका प्रमुख खेलाडीका रूपमा रहनेछन्। सन् २०१४ को विश्वकपमा ६ गोल गर्दै गोल्डेन बुट जितेका रोड्रिग्वेजले राष्ट्रिय टोलीका लागि ३१ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्। विश्वकपमा कोलम्बियाको यो सातौं सहभागिता हुनेछ।

यसपटक पहिलोपटक स्वतन्त्र राष्ट्रका रूपमा विश्वकप खेल्न लागेको उज्वेकिस्तान पनि आकर्षणको केन्द्र बनेको छ। ४८ टोली सहभागी हुने नयाँ विश्वकप संरचनाको फाइदा उठाउँदै उज्वेकिस्तानले एसियाबाट स्थान बनाएको हो। इटालीका विश्वकप विजेता कप्तान फाबियो कानाभारोको प्रशिक्षणमा रहेको टोलीका कप्तान इल्डर शोमुरोडोभ हुन्, जसले राष्ट्रिय टोलीका लागि ९० खेलमा ४४ गोल गरेका छन्।

अफ्रिकी राष्ट्र कंगोले भने विश्वकपमा दोस्रो पटक सहभागिता जनाउँदैछ। यसअघि सन् १९७४ मा जाइरेका नामबाट विश्वकप खेलेको कंगो विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा पुनरागमन गर्ने तयारीमा छ।

विश्वकपमा रोनाल्डोको अन्तिम यात्रा, मेसीसँगको ऐतिहासिक प्रतिस्पर्धा र नयाँ टोलीहरूको उदयले यस संस्करणलाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८३ जेठ २७ गते बुधबार ११:२०
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना