२०८३ कार्तिक २२ गते शनिवार

अमेरिका–इरान युद्धले सुनमा ‘सेलिङ प्रेसर’, ऐतिहासिक रेकर्डबाट ५२ हजारले घट्यो भाउ

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, जेठ २८
gold (9)

काठमाडौँ: अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र भू–राजनीतिक तनावबीच सुनको मूल्यमा ठूलो उतारचढाव देखिएको छ। पछिल्लो समय सुनको मूल्य निरन्तर ओरालो लागेको छ।

इरानविरुद्ध नयाँ अमेरिकी सैन्य कारबाहीपछि मध्यपूर्वमा पुनः भूराजनीतिक तनाव र कच्चा तेलको उच्च मूल्यले लगानीकर्ताको मनोबल घटाएको कारण बिहीबार मल्टी कमोडिटी एक्सचेन्जमा सुन र चाँदीको मूल्यमा तीव्र गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार सुनको मूल्यले विगतमा कायम गरेको ऐतिहासिक उचाइबाट अहिले ओरालो लाग्ने क्रम सुरु भएको छ। आज (बिहीबार) नेपाली बजारमा छापावाल सुनको मूल्य मूल्य ५ हजार १०० रुपैयाँ घटेर प्रतितोला दुई लाख ८६ हजार सात सय रुपैयाँ कायम भएको छ। यो मूल्य गत माघ १५ गते कायम भएको उच्च बिन्दु भन्दा झण्डै ५२ हजार छ सय रुपैयाँ कम हो।

माघ १५ को त्यो ऐतिहासिक रेकर्ड

नेपालमा सुनको मूल्य हालसम्मकै उच्च माघ १५ गते प्रतितोला तीन लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको थियो। त्यो समयमा अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ आकासिएर प्रतिऔंस पाँच हजार पाँच सय ९५ डलर (झण्डै ५६०० डलर) को उचाइ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो।

‘अहिलेको मूल्य र माघ १५ को मूल्यलाई तुलना गर्दा बजारमा ठूलो गिरावट आएको देखिन्छ,’ शाक्यले नेपाल क्लिक्ससँग भने, ‘अन्तर्राष्ट्रिय बजारमा ५६ सय डलर पुगेको सुन अहिले घटेर चार हजार ८३ डलरमा झरेको छ। जसको प्रत्यक्ष प्रभाव नेपालमा पनि देखिएको हो।’

सामान्यतया युद्ध वा तनावको समयमा सुनको मूल्य बढ्नुपर्ने हो। तर, अहिले इरान र अमेरिकाबीचको तनाव र ‘स्टेट अफ होर्मुज’को संकटका बीच मूल्यमा गिरावट आएको छ। लगानीकर्तामा बिक्रीको चाप (सेलिङ प्रेसर) भएका कारण अहिले सुनको मूल्यमा गिरावट आएको शाक्यको तर्क छ।

‘होर्मुजको संकटले गर्दा तेलको मूल्य बढ्ने र आर्थिक क्षेत्रमा नकारात्मक असर पर्ने डरले लगानीकर्ताहरूमा त्रास छ,’ शाक्य भने, ‘तर अहिले अन्तर्राष्ट्रिय बजारमा सेलिङ प्रेसर यति धेरै छ कि लगानीकर्ताहरू सुरक्षित हुनुभन्दा पहिलेको नाफा बुक गर्नतिर लागेका छन्, जसले गर्दा मूल्य घटेको हो।’

डलर र ब्याजदरको प्रभाव
अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउन सक्ने सम्भावनाले पनि सुनको मूल्यमा दबाब सिर्जना गरेको छ। शाक्यका अनुसार डलर र सुन दुवैको स्थिति अहिले अन्योलपूर्ण छ। ‘पहिले डलर कमजोर हुँदा सुन बलियो हुन्थ्यो, तर अहिले डलर पनि स्थिर छैन र सुनमा पनि लगानीकर्ताको मनोबल धर्मराएको छ,’ उनले भने।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उल्लेख्य मात्रामा घटे पनि नेपालमा भने सरकारको कर नीतिका कारण उपभोक्ताले सोचेजस्तो राहत पाउन सकेका छैनन्। सरकारले सुनको भन्सार दर १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएपछि नेपाली बजारमा सुन प्रतितोला २५ हजार रुपैयाँसम्म महँगो भएको हो।

‘यदि सरकारले यो पटक भन्सार नबढाएको भए आज सुनको भाउ २ लाख ५० हजार रुपैयाँको हाराहारीमा हुन्थ्यो,’ शाक्य भन्छन्, ‘अन्तर्राष्ट्रिय बजारमा भाउ घट्दा पनि नेपालमा भन्सार वृद्धिका कारण मूल्य अझै उच्च नै देखिएको छ।’

के मूल्य अझै घट्ला?
पूर्वअध्यक्ष शाक्यको प्रक्षेपणअनुसार सुनको मूल्य अझै केही समय घट्ने संकेत देखिएको छ। उनी भन्छन्, ‘अहिले चार हजार ८३ डलरमा रहेको सुन अझै घटेर प्रतिऔंस चार हजार डलरसम्म झर्ने सम्भावना छ। यदि यसो भयो भने नेपाली बजारमा सुनको मूल्यमा अझै केही गिरावट आउन सक्छ।’

तर, मध्यपूर्वको स्थिति अझै भयावह भएमा र व्यापारिक मार्गहरू ठप्प भएमा भने सुनको मूल्यले पुनः उकालो यात्रा तय गर्न सक्ने जोखिम पनि कायमै रहेको उनी बताउछन्।

प्रकाशित: २०८३ जेठ २८ गते बिहिबार १२:४९
प्रतिक्रिया

थप समाचार

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

ग्लोबल आइएमई बैंकले १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ। शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद...

एनपीएलमा उत्कृष्ट खेलाडीलाई पल्सर बाइक, दर्शकलाई स्मार्टवाच जित्ने अवसर

 काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा बजाज पल्सरले खेलाडीको उत्कृष्ट प्रदर्शनलाई पुरस्कृत गर्नुका साथै दर्शकलाई पनि प्रतियोगिताको हिस्सा बन्ने अवसर प्रदान गर्ने भएको छ। मोटरसाइकल...

नेपालमा आउँदै ‘हसल बाई नेपहप’, टीभीएस एनटर्क टाइटल स्पोन्सर

भारतीय चर्चित र्‍याप रियालिटी शो ‘एमटीभी हसल’ को नेपाली संस्करण ‘हसल बाई नेपहप’ नेपालमा सञ्चालन हुने भएको छ। मलिन मिडिया एन्ड इभेन्ट प्रालिले ल्याउन लागेको कार्यक्रमको टाइटल स्पोन्सरमा टीभीएस...

फोनपे पेमेन्ट सर्भिसको सातौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ: फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बुधबार काठमाडौंको नक्सालस्थित म्यारियट होटलमा कम्पनीका सञ्चालक समिति अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सभा...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना